डा. सी.के. राउतलाई निःशर्त रिहाईको माग

डा. सी.के. राउतलाई निःशर्त रिहाईको माग
Nava Jyoti Saving & Credit Co-Operative Ltd.

राजविराज, २१ मंसिर । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सी.के. राउतलाई प्रहरीले विहान ९.३० बजेको समयमा पक्राउ गरेकोमा गम्भीर आपति जनाउँदै गठबन्धनले अविलम्व रिहाइको माग गरेको छ ।
गठबन्धनका सह–संयोजक कैलाश महतोले विहीवारै एक प्रेस विज्ञप्ति जारी गर्दै अविलम्व रिहाईको माग गरेका हुन् । राउतलाई जनकपुर निवासबाट गिरफ्तार गरेको भन्दै सादा पोशाकमा, जासूसी कुकुर सहित आएका प्रहरी टोलीले बिना कुनै सूचना, बिना सर्च वारन्ट, बिना गिरपÞm्तारी वारन्टको उनको निवासको ताल्चा फुटाई, अनाधिकृत प्रवेश गरी सहायक सत्यनारायण खंगलाई धम्काउँदै, घरको खनतलासी लिई, डा. राउतको निजी कंप्यूटर, हार्डड्राइव, मोबाइल, खंगको मोबाइल कब्जÞामा लिएर गिरफ्तार गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नेपालको सर्वोच्च अदालतले विगतमा ‘राइट टू रिजेक्ट’को प्रावधान निर्वाचनमा राख्न निर्देश गरेतापनि वर्तमान निर्वाचनमा सो प्रावधान नराख्दा सो को विकल्पको रुपमा स्वतन्त्र मधेश गठबन्धनले, नेपालको विभेदपूर्ण संविधान तथा औपनिवेशिक शासन आफूलाई स्वीकार्य न भएको जनाउनका लागि, मतपत्रमा ‘कोठा बाहिर मोहर’ लगाई ‘नो भोट’ खसाउनका लागि जनतासँग अपील गर्दै आएको छ । नेपाल सरकारले निर्वाचनमा ‘नो भोट’ खसाउनका लागि शांतिपूर्ण रुपमा जनतासँग आह्वान गरिरहेका कार्यकर्ताहरुलाई समेत निशाना बनाई डराउने–धम्काउने, यातना दिने तथा पक्राऊ गर्ने कार्य गरिरहेको भन्दै अभियानको प्रचार–प्रसारलाई नै प्रतिबन्ध लगाएको जनाईएको छ ।
स्थानीय चुनावको क्रममा समेत सो गतिविधिमा संलग्न भएको अभियोगमा गठबन्धनका प्रवक्ता समेत गरी दर्जनौं कार्यकर्ताहरूलाई नेपाल प्रहरीले गिरफ्तार गरेको थियो । शान्तिपूर्ण रुपमा ‘नो भोट’का लागि आह्वान गरिरहेका डा. राउत को गिरफ्तारीले लोकतान्त्रिक मूल्य–मान्यता तथा आधारभूत मानवअधिकारको घोर उल्लंघन भएको गठबन्धनले ठहर गर्दै अविलम्व निःशर्त रिहाईकोलागि स्वतन्त्र मधेश गठबन्धनका सह–संयोजक महताले माग गरेका छन् ।
यसैगरी लौनियाँ सुशील कुमार मण्डल र झल्हीका श्यामकुमार यादव समेत विहीवारै पक्राउ परेका छन् ।

Online Saptari
Online Saptari

About The Author