• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

डा. सीके राउतको गाउँ महदेवामा मतदान बहिष्कार (तस्विर हेर्नुहोस् )

डा. सीके राउतको गाउँ महदेवामा मतदान बहिष्कार (तस्विर हेर्नुहोस् )

राजविराज, २१ मंसिर । सप्तरीको प्रतिनीधि सभा निर्वाचन क्षेत्र नम्वर– २ स्थित महादेवा गाउँपालिका २ का मतदाताहरुले मतदान वहिष्कार गरेका छन् ।
महादेवा गाउँपालिका २ स्थित आधारभुत विद्यालयमा रहेको मतदान स्थलका स्थानीय मतदाताले मतदान वहिष्कार गरेका हुन । जिल्लाका कुल २९५ मतदान स्थल मध्ये २ सय ९४ मतदान स्थलमा विहान ७ वजेदेखिनै शान्तिपुर्ण रुपमा मतदान सुरु भएपनि उक्त स्थानमा भने हालसम्म पनि मतदान सुरु भएको छैन । मतदानको सम्पुर्ण तयारी गरेर बसे पनि एकजना पनि मतदाता नआएको मतदान अधिकृत धनेश्वर साहले बताएका छन् ।
स्थानीय राजनीतिक दलहरुलाई पटक–पटक समन्वय गर्दा पनि नआएको जानकारी दिँदै उनले भने ‘हामीले त धेरै प्रयास ग¥यौं तर वहाँहरु आउन मान्नु भएन, अहिले पनि मतदाताहरुको प्रतिक्षामा नै बसेका छौं ।’ बिहान पनि आफुहरुले राजनीतिक दलका प्रतिनीधिहरुसँग मतदान प्रक्रिया अगाडि बढाउन आग्रह गरेकोमा वास्ता नगरेकोले सो विषयमा आफुहरुले सम्वन्धित निकायमा जानकारी गराईसकेको मतदान अधिकृत साहले जानकारी दिएका छन् । आधारभुत विद्यालय मतदान स्थलमा ९६० मतदाता रहेको छ ।
मतदाताहरुले पटक–पटक भएको निर्वाचनबाट मार्फत चुनिएका प्रतिनीधिले जनताको पीर मर्का नबुझिदिएको भन्दै मतदान वहिष्कार गर्ने निष्कर्षमा पुगेको बताएका छन् । उनीहरुले कुनै पनि हालतमा मतदान प्रक्रियामा सहभागी नहुने पत्रकारहरुलाई प्रतिक्रिया दिएका छन् ।
महदेवा–२ स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतको जन्मथलो हो ।