जिल्लाभरि शान्तिपूर्ण वातावरणमा मतदानको तयारी(तस्विर समेत)

जिल्लाभरि शान्तिपूर्ण वातावरणमा मतदानको तयारी(तस्विर समेत)
Nava Jyoti Saving & Credit Co-Operative Ltd.

राजविराज, २० मंसिर । विहीवार हुन लागेको प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचनका लागि सप्तरी जिल्लामा सम्पूर्ण तयारी पुरा भएको छ ।
जिल्लाका कुल २ सय ९५ मतदान स्थल र ४ सय ७८ ओटै मतदान केन्द्रहरुमा मतपेटिका, मतपत्र, स्वस्तिकसहितका आवश्यक सामग्रीहरु पुगिसकेको जिल्ला जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख दिलिप कुमार यादवले जानकारी दिनुभयो । वहाँका अनुसार सम्पूर्ण मतदान केन्द्रहरुमा घेराबेराका साथै सम्पूर्ण तयारीहरु पुरा भईसकेको छ ।
यस्तै मतदान स्थलहरुको सुरक्षाकालागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले जानकारी दिएका छन् । जिल्लाको भारतीय सिमा नाकासँग जोडिएका नाकाहरु सिल गरिएको छ भने ठाउँ–ठाउँमा सुरक्षा चेक जाँच, गस्ती पेट्रोलिङ्ग कार्यलाई कडाईकासाथ निरन्तरता दिईएको छ ।
सप्तरीमा नेपाल प्रहरी र म्यादी समेत गरी ४ हजार ८ सय, सशस्त्र प्रहरी एक हजार र ७ सय नेपाली सेना परिचालन गरिएको छ । जिल्लाका कुल २ सय ९५ मतदानस्थल मध्ये २ सय ७ अति संवेदनशिल र ८८ संवेदनशिलको सूचीमा राखि सुरक्षा सतर्कता बढाईएको छ ।
जिल्लामा प्रदेशसभा सदस्यतर्फ ८ र प्रतिनिधिसभा सदस्यतर्फ ४ पदका लागि १ सय ५२ जना उम्मेदवार चुनावी मैदानमा छन् । सप्तरीमा कुल ३ लाख ४६ हजार २ सय १४ मतदाता छन् ।
विहान ७ बजेदेखि मतदान कार्य शुरु हुने प्रमुख निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङ्गानाले जानकारी दिएका छन् । शान्तिपूर्ण वातावरण रहेकोले निर्धक्क भएर मतदान केन्द्रहरुमा गएर मतदान गर्न जिल्लावासीसँग आग्रह गरेका छन् ।

Online Saptari
Online Saptari

About The Author