• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीमा निर्वाचन लक्षित उच्च सुरक्षा

राजविराज, २० मंसिर । विहिबार हुन लागेको प्रदेश र प्रतिनीधि सभा निर्वाचनलाई लक्षित गरी सप्तरी जिल्लामा सुरक्षा अवस्था कडा पारिएको छ ।
जिल्लाको भारतीय सिमा नाकासँग जोडिएका नाकाहरु सिल गरिएको छ । ठाउँ–ठाउँमा सुरक्षा चेक जाँच, गस्ती पेट्रोलिङ्ग कार्यलाई कडाईकासाथ निरन्तरता दिईएको छ । नेपाल प्रहरी र म्यादी समेत गरी ४ हजार ८ सय, सशस्त्र प्रहरी एक हजार र ७ सय नेपाली सेना परिचालन भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिएका छन् ।
उनका अनुसार जिल्लाका कुल २ सय ९५ मतदानस्थल मध्ये २ सय ७ अति संवेदनशिल र ८८ संवेदनशिलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाईएको छ । जिल्लामा प्रदेशसभा सदस्यतर्फ ८ र प्रतिनिधिसभा सदस्यतर्फ ४ पदका लागि १ सय ५२ जना उम्मेदवार चुनावी मैदानमा छन् । सप्तरीमा कुल ३ लाख ४६ हजार २ सय १४ मतदाता छन् ।
यता सप्तरी जिल्लासँग जोडिएका सिमा नाकाहरु सिल गर्नुका साथै सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षाकर्मी परिचालन गरिएको छ ।