चुनावलाई लक्षित गरी भारतीय नाकाहरु सिल

चुनावलाई लक्षित गरी भारतीय नाकाहरु सिल
Nava Jyoti Saving & Credit Co-Operative Ltd.

राजविराज, १९ मंसिर । आगामी मंसिर २१ गते हुन लागेको दोश्रो चरणको निर्वाचनलाई लक्षित गरी जिल्लाको सम्पूर्ण नाकाहरु सिल गरिएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्न सोमवार राति १२ बजेदेखि २१ गतेसम्मकालागि जिल्लाका सबै सिमा नाका सिल गरिएको हो । मतदानमा हुनसक्ने सम्भावित अपराधिक क्रियाकलापलाई मध्यनजर गर्दै भारतीय सुरक्षा प्रमुखहरुसँग समन्वय गरी सिमा नाका सिल गरिएको छ ।
प्रशासनले भारतसँग सिमा जोडिएको कुनौली नाका, बेल्ही भन्सार, कुशहा नाका लगायतका नाकाहरु सिल गरि सुरक्षा जाँच कडा पारिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले जानकारी दिएका छन् । नाका सिल भएपछि पैदल यात्रीबाहेकलाई आवत–जावतमा रोक लगाउनुका साथै सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई कडा पारिएको उनले बताए ।

Online Saptari
Online Saptari

About The Author