कुश्ती खेलाडी ‘मधु खलिफा’को निधन

कुश्ती खेलाडी ‘मधु खलिफा’को निधन
Nava Jyoti Saving & Credit Co-Operative Ltd.

राजविराज, १९ मंसिर । सप्तरीको तिलाठी कोइलाडि गाउँपालिका वडा नम्वर–६ निवासी कुश्ती खेलाडी मधु यादवको मङ्गलवार विहान ८२ वर्षको उमेरमा निधन भएको छ ।
साबिक कोइलाडि मधेपुरा गाउँ विकास समिति वडा नम्वर–८ निवासी यादवको विहान करिब ५ बजेको समयमा निधन भएको हो । विगत १५ वर्षदेखि निरन्तर वडा अध्यक्ष रहँदै आएका उनी कुश्ती खेलका राष्ट्रिय खेलाडि समेत थिए । उनले जिल्ला तथा राष्ट्रिय स्तरका विभिन्न प्रतियोगिताहरुमा सहभागी भई दर्जनौं कप, मेडल तथा पुरस्कारहरु प्राप्त गरेका थिए । उनी स्थानीय लक्ष्मी बल्लभ नरसिंह माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य समेत थिए । यस अतिरिक्त सामाजिक क्षेत्रमा समेत उनको योगदान रहेको छ ।
त्यस क्षेत्रमा ‘मधु खलिफा’को नामले चिनिदै आएका उनी विगत केही समयदेखि मधुमेह तथा मुटुरोगबाट पीडित रहँदैआएका थिए । यादवका एक पत्नी, छोरा र दुई छोरी रहेका छन् । छोरा अरुण कुमार यादवले उनलाई दागबत्ती दिएका छन् ।

Online Saptari
Online Saptari

About The Author