• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

ग्रीन नेपालको कार्यक्रममा ५२ जनाले गरे रक्तदान

ग्रीन नेपालको कार्यक्रममा ५२ जनाले गरे रक्तदान

राजविराज, १९ मंसिर । अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा मङ्गलवार ग्रीन नेपाल नामक गैरसरकारी संस्थाद्वारा रक्तदान कार्यक्रम आयोजना गरियो ।
नेपाल रेडक्रस सोसाइटी राजविराज शाखाको सहकार्यमा राजविराज स्थित लक्ष्मीनारायण राधाकृष्ण मन्दिर प्राङ्गणमा आयोजना गरिएको उक्त कार्यक्रममा ५२ जनाले रक्तदान गरेका हुन् । रेडक्रस सप्तरीका सभापति जोगेन्द्र भगतले रगतको ब्गाग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रममा रेडक्रस मातहत राजविराज स्थित रक्तसञ्चार केन्द्रकालागि पातो, रायपुरसहितका स्थानहरुबाट आएकाहरु समेत गरी ५२ जनाले रक्तदान गरेको आयोजक संस्थाले जनाएको छ । आयोजक संस्था ग्रीन नेपालका अध्यक्ष खेलानन्द कुमार दास तथा कोषाध्यक्ष एवम् कार्यक्रम संयोजक अमर कुमार साहले रक्तदान गरी कार्यक्रम समापन गरे ।
कार्यक्रमको सह–आयोजकमा नेपाल सहकारी संस्था लिमिटेड, आरके इन्जिनियरिङ्ग कन्सल्टेन्सी, ओम प्याथोलोजी एण्ड डाइग्नोसिस, साहित्य पुस्तक भण्डार समेत रहेको आयोजक संस्थाका अध्यक्ष दासले जानकारी दिएका छन् ।