• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
स्वयंसेविका दिवसमा विभिन्न कार्यक्रम

राजविराज, १९ मंसिर । १४ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा मङ्गलवार राजविराजमा रयाली प्रदर्शन र कार्यक्रम आयोजना गरियो ।
राजविराज नगरपालिकाद्वारा बिहान राजविराजमा ¥याली प्रदर्शन गरिएको थियो । राजविराज नगरपालिका कार्यालय प्राङ्गणबाट निकालिएको ¥याली नगरको परिक्रमा गरी पुनः नगरपालिकामै गई कार्यक्रममा परिणत भएको थियो ।
राजविराज नगरपालिकाका उप प्रमुख साधना झाले निःस्वार्थ भावनाले महिला स्वयंसेविकाहरुले खटिरहेको भन्दै प्रशंसा गरे । उनीहरुले स्वयंसेविकाहरु सकृय रहेकै कारण बालबालिका तथा महिलामा लाग्ने बिभिन्न रोगमा कमी आएको बताउँदै यसलाई निरन्तरता दिन आग्रह गरे । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर कार्कीले स्वयंसेविकाहरुकै सकृयताका कारण बालबालिकाको निमोनिया, मातृ मृत्यु दर घटेको बताउँदै उनीहरुको काम सरानीय रहेको बताए ।
कार्यक्रममा स्वयंसेविकाहरुले हरेक काम आफूहरुबाटै गराएपनि केही लाभ आउने समयमा वाइपास गर्ने गरेको गुनासो गरिन् । उनीहरुले अन्य समयमा जुनसुकै कामका लागि आफूहरुलाई नै खोज्ने गरिए पनि चुनावमा स्वयंसेवकको रुपमा नखटाएकोप्रति रुष्टता प्रकट गरे ।
उप प्रमुख झाको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार श्रवण देव लगायतले मन्तव्य व्यक्त गरे ।