यथास्थितिवादीहरुका कारण देश दुर्गतीतर्फ जाने खतराः उमेश

यथास्थितिवादीहरुका कारण देश दुर्गतीतर्फ जाने खतराः उमेश
Nava Jyoti Saving & Credit Co-Operative Ltd.

राजविराज, १८ मंसिर । माओवादी (केन्द्र)बाट सप्तरी क्षेत्र नम्वर–२ प्रतिनीधि सभा सदस्यका उम्मेदवार पूर्वमन्त्री उमेश कुमार यादवले यथास्थितिवादीहरुका कारण देश दुर्गतीतर्फ जाने खतरा रहेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाकक्षमा सोमवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । नेपाली जनताको मुक्तिकालागि आफुहरुले संघर्ष गर्दैआएको बताउँदै उनले भने ‘यथास्थितिवादीहरुका कारण देश दुर्गतीतर्फ जाने खतरा रहेकोले आम जनता सचेत रहनु आवश्यक छ ।’
राजविराज–कुनौली सडक, भन्सार कार्यालय, डगामारासम्म रेल–वे हेड, व्यवयायीमुखि एवम् रोजगारमुखि कृषि, अञ्चल अस्पतललाई शिक्षण अस्पतालको रुपमा विकास गर्नु लगायतका कामहरु सञ्चालन गर्नु बाम गठबन्धनको दायित्व भएको बताए । राजनीतिक क्षेत्रमा गैरराजनीतिक व्यक्तिको आक्रमण भईरहेको तथा हायर भएका व्यक्तिहरुको प्रवेश भईरहेकोप्रति आम जिल्लावासी सचेत हुनुपर्नेमा जोड दिए ।
मलेठ घटनामा बल प्रयोग गरिएको भन्दै त्यतिबेलाका गृहमन्त्रीलाई कार्वाही समेत नभएको भन्दै उनले गम्भीर आपत्ति जनाए । आफुहरु सधैं शोषित उत्पीडित जनताको पक्षमा संघर्ष गर्दैआएको भन्दै उनले वर्तमान अवस्थामा आफुहरुलाई बदनाम गर्न केही तत्व सक्रिय रहेकोले त्यस्ता भ्रममा नपर्न समेत आग्रह गरे ।
शुन्य समयको पूर्व सन्ध्यामा पूर्वमन्त्री समेत रहिसकेका प्रतिनीधि सभा सदस्यका उम्मेदवार यादवले पत्रकारहरुसँग समेत सहयोग गर्न आग्रह गरे ।

Online Saptari
Online Saptari

About The Author