अन्तिम समयमा आशिर्वाद थाप्दै उम्मेदवार साह

अन्तिम समयमा आशिर्वाद थाप्दै उम्मेदवार साह
Nava Jyoti Saving & Credit Co-Operative Ltd.

राजविराज, १८ मंसिर । चुनावी प्रचार–प्रसारको अन्तिम दिन सोमवार अबेर रातीसम्म उम्मेदवारहरुले आ–आफ्ना क्षेत्रका टोल तथा बस्तीहरुमा पुगेर मत मागेका छन् ।
यसैक्रममा नयाँ शतिm पार्टीका क्षेत्र नं.३(२) का उम्मेदवार डम्बर नारायण साह आफनो प्रतिवद्धता सहित मतदाताको घरदैलोमा पुगेका हुन् । चुनाव प्रचार प्रसारको अन्तिम नयाँ शक्तिको प्रदेश सभाका उम्मेदवार साह अन्तिम दिनको अभियानमा ज्येष्ठ नागरिकहरुबाट आशिर्वाद थापेका छन् ।
घरदैलोका क्रममा मतदाताहरुसँग कुरा गर्दै नयाँ शक्ति पार्टीका प्रदेशसभा सदस्य उम्मेदवार साहले विकास र समृद्धिको भिजन सहित नयाँ शक्ति पार्टी प्रस्तुत भएको बताए । घरदैलोका क्रममा मतदान गर्ने सही तरिकाबारे समेत जानकारी दिएका छन् ।

Online Saptari
Online Saptari

About The Author