आगामी निर्वाचनवाट प्रदेश नं. २ मा मधेशी गठवन्धनको सरकार बन्छः उपेन्द्र यादव

आगामी निर्वाचनवाट प्रदेश नं. २ मा मधेशी गठवन्धनको सरकार बन्छः उपेन्द्र यादव
Nava Jyoti Saving & Credit Co-Operative Ltd.

राजविराज, १८ मंसिर । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मंसिर २१ गतेको निर्वाचनपछि मुलुकमा संघिय लोकतान्त्रीक गणतन्त्र संस्थागतको एक चरण पुरा हुने वताएका छन् । सोमवार विहान राजविराजमा संघिय प्रेस फोरमले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै उनले यस्तो वताएका हुन् ।
‘आदिवासी, जनताजाती, दलित, मधेशी, पीछडा वर्ग लगायतको समानुपातिक प्रतिनिधित्वको चरण सुरु भएको छ’ उनले भने–‘तर त्यसको पुर्णता भने अझै भईसकेको छैन ।’ विगतमा भएका विभिन्न आन्दोलन तथा मधेश विद्रोहको सम्वोधन गर्नका लागि पनि यो निर्वाचन उचित अवसर भएको भएको उनले वताए । जनसंख्याका आधारमा प्रतिनिधित्व तथा प्रादेशीक स्वायत्तता प्राप्त नभएसम्म राजनितिक स्थायित्व हुन नसक्ने भन्दै उनले परम्परागत शासन शैलीलाई विस्थापित गर्न पनि यो निर्वाचनले सघाउ पुर्याउने विश्वास ब्यक्त गरे ।
मधेशमा सवैभन्दा वढि गरिवी र वेरोजगारी रहेको वताउँदै विगतमा राज्यले मधेशी समुदाय र तराईलाई गरेको उपेक्षाका कारण नै मधेशका अवस्था जर्जर भएको उनको भनाई थियो । ‘तराई मधेशको विकाश पनि देशकै विकास हो भन्ने कुरा त्यतिवेलाका शासक वर्गले सोच्न सकेनन्’ उनले थपे– ‘त्यसैको दुस्प्रभाव अहिले पनि मधेशी समुदायले भोग्नु परिरहेको छ ।’
सप्तरी क्षेत्र नम्वर २ वाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका यादवले स्थानीय राजनितिक दलका कार्यकर्ता तथा सप्तरीवासीहरुको आग्रहले नै आफु आफनै जन्मथलोवाट यस पटक चुनाव लड्न लागेको स्पष्ट पारे । स्वर्गीय गजेन्द्रनारायण सिंह, रामराजा प्रसाद सिंह, रामेश्वर सिंह जस्ता क्रान्तिकारीहरुको जिल्ला सप्तरीवाट उम्मेदवारी दिन पाउनु आफना लागि पनि गौरव भएको उनको भनाई थियो ।
सप्तरीमा कृषि लगायत अन्य क्षेत्रमा समेत प्रचुर सम्भावना हुँदाहुँदै पनि देशकै पीछडिएका जिल्लाहरु मध्ये सप्तरी तेश्रो स्थानमा रहनु दुर्भाग्यपुर्ण रहेको उनले वताए । आगामी निर्वाचनवाट दुई नम्वर प्रदेश मधेश प्रदेश वन्ने र त्यसपछि स्वायत्त मधेश प्रदेशका लागि आफुहरुले अभियान चलाउने उनले स्पष्ट पारे । ‘आगामी निर्वाचनवाट प्रदेश नं. २ मा मधेशी गठवन्धनको अत्याधिक वहुमतको सरकार वन्ने छ’ उनले भने–‘मधेश प्रदेश वनेपछि अन्य प्रदेशका उत्पीडितको मुक्तिका लागि समेत यसले सन्देश प्रवाह गर्ने छ ।’
पहिलो संविधान सभाको निर्वाचनपछि सप्तरीकै रामराजा प्रसाद सिंहलाई राष्ट्रपति वन्न तपाईहरुको पार्टीले अवरोध ग¥यो नी ? भन्ने जिज्ञासामा उनले त्यसको दोष माओवादीलाई लगाए । ‘माओवादीका उम्मेदवारलाई राष्ट्रपति र फोरम नेपाललाई उपराष्ट्रपति दिने सहमति थियो’ उनले भने–‘तर राष्ट्रपति र उपराष्ट्रपति दुवै लिने माओवादीको षडयन्त्रका कारण रामराजा हारेका हुन् ।’ नेता यादवले निर्वाचनका लागि सरकारले सुरक्षा ब्यवस्था भरपर्दो वनाउन नसकेको आरोपका अहिले उम्मेदवारलाई लक्षित गरी भईरहेका विष्फोटनका घटनाले समेत त्यसको पुष्टि गरिरहेको दावी गरे ।

Online Saptari
Online Saptari

About The Author