• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
कञ्चनरुप नपामा बाम गठबन्धनको घरदैलो

कञ्चनरुप, १७ मंसिर । संयुक्त बाम गठबन्धनले कञ्चनरुप नगरपालिका ४ स्थित जगतपुरमा आइतबार घरदैलो कार्यक्रम गरेको छ ।
बाम गठबन्धनका उम्मेदवारसहित एमाले र माओवादी केन्द्रका नेता, कार्यकर्ताहरुले जगतपुरमा घरदैलो कार्यक्रम गरी मतदाताहरुसँग मत मागेका हुन् ।
प्रदेश सभाका उम्मेदवार एवं एमालेका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जनतालाई लोभलालच देखाएर, भ्रम सिर्जना गरेर सत्तामा पुग्दै आएको काँग्रेसले राष्ट्र र जनताका लागि सिन्को पनि नभाँचेको बताए । सदैव भ्रमको खेती गरेर मधेसी जनतालाई दास बनाउन पल्केको मधेस केन्द्रीत दलका नेताहरुले सहिदहरुको अवमूल्यन गरी सत्तामा पुग्ने भर्याङ्ग मात्र बनाएको दावी गरे ।
प्रतिनिधि सभाका उम्मेदवार एवं माओवादी केन्द्रका पालिटव्युरो सदस्य अशोककुमार मण्डलले कम्युनिष्टहरुले भूमिहिन, गरिब, दलित, श्रमजिवी जनताका पक्षमा आवाज उठाएकै कारण संविधानमा जनताका धरै मौलिक हकको ग्यारेण्टि भएको बताए । बामपन्थीको सरकार बनेपछि समृद्ध राष्ट्र र सुखी जनता हुनुका साथै युवाहरुले स्वदेशमै रोजगार पाउने मण्डलले बताए ।
समानुपातिक उम्मेदवार मानपुर चौधरीले सबै शक्ति लागेपनि अबको सरकार बामपन्थीहरुले चलाउने दावी गर्दै पैसा बाँड्ने र जनतालाई ठग्ने पार्टीहरुका मालिक उम्मेदवारहरुसँग सजग रहन आग्रह गरे ।