राजविराज, १७ मंसिर । सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार उमेश कुमार यादवलाई बहुजनशक्ति पार्टीका उम्मेदवारले समर्थन गरेका छन् ।
माओवादी (केन्द्र) बाट उम्मेदवार बनेका यादवलाई बहुजनशक्ति पार्टीका प्रतिनिधि सभा सदस्यका उम्मेदवार कमलेश्वरी देवी खंगले आइतबार समर्थन गरेका हुन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँ घर भएकी खंगले पार्टी समेत परित्याग गर्दै वाम गठबन्धनका साझा उम्मेदवार यादवलाई मतदान गरेर सहयोग गर्न शुभचिन्तक, सहयोगी, शुभेच्छु सहित आम मतदातासँग आग्रह गरेकी छिन् ।
यसैगरी छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ बरही बिरपुरका रामधन राय माओवादीमा प्रवेश गरेका छन् । वडा नम्बर १ मा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)बाट वडा अध्यक्षमा समेत उम्मेदवार बनेका रायले पार्टी परित्याग गर्दै माओवादीमा प्रवेश गरेको जनाइएको छ ।