• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मधेश आन्दोलन सम्वन्धी बृत्तचित्र सार्वजनिक

मधेश आन्दोलन सम्वन्धी बृत्तचित्र सार्वजनिक

राजविराज, १५ मंसिर । दोस्रो र तेस्रो मधेश आन्दोलनका क्रममा भएको प्रहरी दमनको दृष्यहरुलाई समावेश गरी निर्माण गरिएको ‘राज्यपक्षके दमने दमन’ नामक वृतचित्र शुक्रवार एक कार्यक्रमका बिच लोकार्पण गरिएको छ ।
राजविराज स्थित नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाकक्षमा शुक्रवार आयोजित कार्यक्रममा उक्त बृत्तचित्रको लोकार्पण गरिएको हो । सप्तरी युथ नेपाल र मधेशी पत्रकार समाज सप्तरीको सहयोगमा निर्माण गरिएको बृत्तचित्र तेस्रो मधेश आन्दोलनका शहिद पिताम्बर मण्डलकी पत्नी सोमनी देवी मण्डल, विरेन्द्र मेहताकी पत्नी रञ्जना देवी मेहता र सञ्जन मेहताका पिता लक्ष्मण मेहता र नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले संयुक्त रुपमा लोकार्पण गरेका छन् ।
कार्यक्रममा महासंघका पूर्व अध्यक्ष विष्णु कुमार मण्डल, मधेशी कानूनव्यवसायी समाजका संस्थापक अध्यक्ष अशोक कुमार चौधरीलगायतले बुत्तचित्रबारे टिप्पणी गरे । वृत्तचित्रको लेखन एवम् निर्देशन श्रवण देवले गरेका छन् भने दृष्यहरु छायांकन श्यामसुन्दर यादव, परिष कर्णले गरेका छन् । कार्यक्रम सञ्चालन साहित्यकार करुणा झाले गरिन् ।