मिसनले हात पारे अन्तर कलेजको उपाधी

मिसनले हात पारे अन्तर कलेजको उपाधी
Nava Jyoti Saving & Credit Co-Operative Ltd.

राजबिराज, १४ मंसिर । राजविराजमा सञ्चालित अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधी मिसन कलेजले हात पार्न सफल भएको छ ।
टस जितेर हेप्पील्यान्ड कलेजले मिसनलाई ब्याटिङ्गकोलागि निम्तियाए पछि मिसनले १९.३ ओभरमा सबै बिकेट गुमाई १ सय रन बनाए । जसमा मो जाबेद २७ रन,मों आरूप १७ ईमरान १० रन बनाए । बलिङ्गतर्फ हेप्पील्याण्डका रोबिन सिंह ४ बिकेट, तथा निरज चौधरी र जय चौधरीले १÷१ बिकेट हात पारे ।
जवाफमा ह्याप्पील्याण्ड ले सबै बिकेट गुमाई ७१ रनमै सिमित भए । टिमकालागि मो. मासुम ले १४ रन बाहेक कसैले दोहोरो अंक पार गर्न सकेन । बलिङ्गतर्फ मिसनका जुगल राय ३ उमर फारूक २ र चन्दन ठाकुर र सुरेन्द्र यादवले १÷१ बिकेट हात पारे ।
विजेता र उप–बिजेतालाई प्रदेश २(२) सभाका उम्मेदवार महेश यादव र सुरूङ्गा नगरपालिकाका मेयर हेमायु हकले कप मेडल र प्रमाणपत्र बितरण गरे ।

Online Saptari
Online Saptari

About The Author