• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जनताको आग्रहमा उम्मेदवार भएको हुँः ठाकुर

जनताको आग्रहमा उम्मेदवार भएको हुँः ठाकुर

राजविराज,९ मंसिर । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनीधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले आफु जनताको आग्रह बमोजिम उम्मेदवार भएको बताएका छन् ।
सप्तरीको तिलाठी कोइलाडि गाउँपालिकाको कोइलाडि जिरिया हटियामा शनिवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै स्वतन्त्र उम्मेदवार ठाकुरले यस्तो कुरा बताएका हुन् । मधेश आन्दोलनमा–२ जनताले दिएको अदम्य साहसलाई साथ लिएर उम्मेदवारी दिएको बताउँदै उनले भने ‘सहिदको सहादतको सम्मान, जनताको आत्मसम्मानकालागि मेरो उम्मेदवारी हो, क्षेत्रका जनताको आर्थिक सामाजिक सबलिकरण सँगै बाढीको त्रासवाट मुक्ति, सिंचाइ सुविधा, रोजगार, उद्योगको विकास र शिक्षालाई बैज्ञानिकिकरण गदै जनतालाई सक्षम बनाउने मेरो योजना हो ।’
राजपा नेपालका पुर्व सह–महामन्त्री समेत रहेका उनले आफ्नो उम्मेदवारी नेताहरुको ब्यक्तिवादी चरित्र बिरुद्ध र कार्यकर्ताको मुल्याकनका लागि भएको बताए । उनले भने ‘यो क्षेत्रको बाढीको समस्यादेखि शिक्षा, स्वास्थ्य वाटोघाटो, अर्थिक विपन्नता र बेरोजगारीको अवस्थालाई मैले नजिकवाट हेरेको छु समाधान गर्न सक्छु ।’
कार्यक्रममा छिन्नमस्ता गाउँपालिकाका उपाध्यक्ष उषा मण्डल, बबलु सिंह, उग्रकान्त झा, सुरेन्द्र मण्डल, अजय सिंह लगायतले मन्तव्य व्यक्त गरे ।