• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

जिल्ला समन्वय समितिका पदाधिकारीहरुद्वारा मैथिलीमा सपथ ग्रहण

जिल्ला समन्वय समितिका पदाधिकारीहरुद्वारा मैथिलीमा सपथ ग्रहण

राजविराज, ८ मंसिर । जिल्ला समन्वय समितिका नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण तथा पदस्थापन शुक्रवार एक समारोहका बिच गरिएको छ ।
नव निर्वाचित प्रमुख प्रभाकर यादव (मनोज) सहितका पदाधिकारीहरुले जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित कार्यक्रममा मैथिली भाषामा सपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङ्गानाले प्रमुख तथा उप–प्रमुख थनेश्वर यादवलाई सपथ ग्रहण गराएका छन् भने प्रमुखले सम्पूर्ण पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले लामो समयदेखि जनप्रतिनीधि विहिन रहेको समन्वय समितिमा नयाँ पदाधिकारीको चयन हुनुले जिल्लाको समग्र विकास निर्माण सम्वन्धी कार्यले गति पाउने विश्वास व्यक्त गरे । नव निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिँदै उनले सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
पदभार ग्रहण गर्दै जिल्ला समन्वय समितिका प्रमुख यादवले जिल्लाको समग्र विकास निर्माणका साथै सुशासन कायम गराउन आफु प्रतिवद्ध रहने बताए । सबैपक्षको सल्लाह सुझाव तथा सहयोगको अपेक्षा गर्दै उनले आफुसहित समितिले इमानदारीकासाथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा स्थानिय विकास अधिकारी सुदेव कुमार पोखरेल, राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, तिलाठी कोइलाडि गाउँपालिकाका प्रमुख सतिश कुमार सिंहलगायतले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रम सञ्चालन जिल्ला समन्वय समितिका नायव सुब्बा कमलेश्वर विराजीले गरे ।