• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

पूर्व प्रम प्रचण्डले दिए पुत्र प्रकाशलाई दागबती

निधनमा दुःख व्यक्त
पूर्व प्रम प्रचण्डले दिए पुत्र प्रकाशलाई दागबती

राजविराज, ३ मंसिर । नेपालको बाम गठबन्धनका शिर्षस्थ नेता र गणतन्त्र नेपालका पूर्व प्रधानमन्त्री पुुष्प कमल दहाल(प्रचण्ड)को पुत्र प्रकाश दहालको हृदयघातबाट असामयिक निधनप्रति जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले दुःख व्यक्त गरेका छन् ।
मोर्चाका अध्यक्ष गोइतले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रकाशको हृदयघातबाट निधन भएको खबरले स्तब्ध भएको जनाएका छन् । दहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।
यसैगरी नेकपा माओवादी–केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल, प्रचण्डका सुपुत्र नेकपा माओवादी– केन्द्रका केन्द्रीय सदस्य कमरेड प्रकाश दाहालको आकस्मिक तथा असामयिक निधनबाट आफुहरुको पार्टी स्तब्ध बनेको भन्दै नेकपा एमालेले दुःख व्यक्त गरेको छ । पार्टीका केन्द्रीय सचिवालय सदस्य विष्णु रिमालले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी दिउँसो २ देखि ३ बजेसम्म आयोजना गरिएका पूर्वनिर्धारित सम्पूर्ण चुनावी कार्यक्रम स्थगित गरिएको जनाएका छन् ।
यसैबीच नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य उमेश कुमार यादवले प्रकाशको निधनको खबरले आफु स्तब्ध भएको भन्दै दुख व्यक्त गरेका छन् । उनको निधनले कम्युनिष्ट आन्दोलनमा कुशल योद्धा गुमाएको भन्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।
यता छोरा प्रकाशको पार्थिव शरीरमा बुबा प्रचण्डले दागवती दिएका छन् । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । प्रकाशलाई एमाले नेता माधवकुमार नेपाल, नयाँ शक्तिका डा. बाबुराम भट्टराई, माओवादीका नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले प्रकाशलाई अन्तिम श्रद्धाञ्जली दिएका छन् । घरमै अचेत अवस्थामा भेटिएका उनलाई नर्भिक अस्पताल लगिएको थियो तर, चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।