• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
धर्मी–हल्फाद्वारा अग्नीपीडितलाई राहत

राजविराज, ३ मंसिर । धर्मी हल्फा महिला विकास क्लव लालापट्टीद्वारा आइतवार छिन्नमस्ता गाउँपालिका–६ का अग्नीपीडित परिवारलाई राहत वितरण गरिएको छ ।
कुपहीका देवलाल खङ्ग खत्वे परिवारलाई त्रिपाल, सारी, धोती, तन्ना, थाल, कराही, गिलाससहितका राहत सामग्री वितरण गरिएको हो । क्लवका अध्यक्ष ई. सुर्यनारायण यादव, गाउँपालिकाका कार्यकारी अधिकृत रमेश प्रसाद यादव, ईलाका प्रहरी कार्यालयका प्रमुख कमल खत्री, प्रमोद यादव लगायतले राहत सामग्री वितरण गरेका छन् ।