
झापा, २ मंसिर । समाज परिवर्तनको लागि पत्रकारिता बैकल्पिक शक्ति भएकोले संक्रमणकालीन अवस्थामा पत्रकारहरुले थप जिम्मेवार भएर कलम चलाउनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
शनिवार प्रेस मञ्चको झापा जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बोल्दै वक्ताहरुले यस्तो कुरा बताएका हुन् । प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य कार्यक्रम संयोजक चन्दन रौनियारको सभापतित्वमा सम्पन्न प्रथम झापा जिल्ला भेलालाई बिर्तामोड अतिथि सदनको सभाकक्षमा आयोजित कार्यक्रमका प्रमुख अतिथि राजपा नेपालबाट झापा प्रदेशसभा उमेदवार सुर्यनारायण गणेश ,स्थानीय पत्रकार सगिता रौनियार ,ईन्द्रसिंह राजवंशी, मधेसी युवा समाजका सुरेश कुमार यादव लगायतका बक्ताहरुले पहिचान सहितको संघीय राज्यव्यवस्था स्थापना नभइञ्जेलसम्म पत्रकारहरुले निर्धक्कसँग समाचार लेख्न नसक्ने भन्दै पहिचान पक्षधरको पक्षमा कलम चलाउन आग्रह गरे ।
जिल्ला भेलाको बन्द शत्रबाट बिर्तामोडका पत्रकार दिलिप सिंहको अध्यक्षतामा ११ सदस्यीय प्रेस मञ्च झापा गठन भएको छ । उपाध्यक्ष कृष्णालाल राजवंशी ,सचिव नितेष चौधरी ,सह–सचिव श्रवण कुमार साह ,कोषाध्यक्ष ममता यादव रहेका छन् । यसैगरी सदस्यहरुमा चन्दन सहनी ,मोहन राजवंशी, शम्भु साह, सन्तोष ठाकुर, विकासचन्द्र राजवंशी, मन्जु शरण र सल्लाहकार गोपाल शरण रहेका छन् । झापामा पत्रकारिताको विकास र पत्रकारहरुको क्षमता बृद्धि गर्न चाँडै आधारभूत पत्रकारिता तालिम सञ्चालन गरिने नवगठित समितीका अध्यक्ष दिलिप सिंहले जानकारी दिएका छन् ।



