• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जिल्ला समन्वय समितिमा १७ जनाको उम्मेदवारी कायम

४ जनाको फिर्ता, १ निर्विरोध
जिल्ला समन्वय समितिमा १७ जनाको उम्मेदवारी कायम

राजविराज, १ कार्तिक । जिल्ला समन्वय समितिका लागि ९ पदमा २१ जनाले उम्मेदवारी दिएकोमा ४ जना उम्मेदवारी फिर्ता लिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय सप्तरीले दिएको जानकारी अनुसार नेपाली कांग्रेसबाट उप–प्रमुखमा उम्मेदवारी दिएका संगीता कर्ण, संघीय समाजवादी फोरम नेपालबाट सदस्य पदका उम्मेदवार ननु कुमार यादव, नेपाल लोकतान्त्रिक फोरमबाट महिला सदस्यकी प्रत्यासी सुनिता देवी चौधरी र नेपाली कांग्रेसबाट दलित एवम् अल्पसंख्यक सदस्य पदका उम्मेदवार मानबिर साफीले उम्मेदवारी फिर्ता लिएका छन् ।

अब प्रमुखमा दुई र उप–प्रमुखमा दुई जना समेत गरी १७ जनाको उम्मेदवारी कायम भएको छ । प्रमुख पदका लागि राष्ट्रिय जनता पार्टी (राजपा) बाट प्रभाकर यादव र नेपाली कांग्रेसबाट भुपेन्द्रनारायण यादव बिच प्रतिष्पर्धा हुनेछन् । यसैगरी उप–प्रमुखमा संघीय समाजवादी फोरमका थनेश्वर यादव र नेकपा एमालेका सञ्जय कुमार पासवानको उम्मेदवारी यथावतै रहेको छ ।

समन्वय समितिको सदस्यमा नेपाली कांग्रेसबाट धर्मदेव यादव, बैद्यनाथ प्रसाद गुप्ता र रामसुन्दर मण्डल, ओमप्रकाश यादव र सलिम मियाँ, एमालेका लिलबहादुर मगर, राजपाका मो. दाउद हुसेन प्रतिष्पर्धामा उत्रेका छन् ।  महिला सदस्यमा राजपाबाट लक्ष्मी देवी साफी र गीता कुमारी खङ्ग, नेपाली कांग्रेसबाट असिया बती विश्वकर्मा, एमालेकी केश्वरी देवी यादव र संघीय समाजवादी फोरम नेपालका आशा देवी झा बिच प्रतिष्पर्धा हुनेछन् ।

यस्तै दलित एवम् अल्पसंख्यकबाट संघीय समाजवादी फोरम नेपालका बलदेव बाँतर निर्विरोध निर्वाचित भएको छ । जिल्ला समन्वय समितिका लागि प्रमुख र उप–प्रमुख १–१ जना, खुल्ला सदस्य ३, महिला सदस्य ३ र दलित एवम् अल्पसंख्यकबाट एक जना सदस्यको चयन हुनेछन् । मंसिर ७ गते १० बजेदेखि १ बजेसम्म रहेको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङ्गानाले जानकारी दिएका छन् ।