जिल्ला समन्वय समितिको प्रमुखमा दुई जनाको उम्मेदवारी

मंसिर ७ गते मतदान
जिल्ला समन्वय समितिको प्रमुखमा दुई जनाको उम्मेदवारी
Bwtech New Add With Software & Bull SMS

राजविराज, ३० कार्तिक । जिल्ला समन्वय समितिको प्रमुखमा दुई र उप–प्रमुखमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रमुख पदका लागि राष्ट्रिय जनता पार्टी (राजपा) बाट प्रभाकर यादव र नेपाली कांग्रेसबाट भुपेन्द्रनारायण यादवले विहीवार उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी उप–प्रमुखमा संघीय समाजवादी फोरमका थनेश्वर यादव, नेपाली कांग्रेसका संगीता कुमारी बर्मा र नेकपा एमालेका सञ्जय कुमार पासवानले मनोनयन दर्ता गराएको नायब सुब्बा ललन कर्णले जानकारी दिएका छन् ।

उनका अनुसार सदस्यमा नेपाली कांग्रेसबाट धर्मदेव यादव, बैद्यनाथ प्रसाद गुप्ता र रामसुन्दर मण्डल, संघीय समाजवादी फोरम नेपालका ननु कुमारी यादव, ओमप्रकाश यादव र सलिम मियाँ, एमालेका लिलबहादुर मगर, राजपाका मो. दाउद हुसेन प्रतिष्पर्धामा उत्रेका छन् ।

महिला सदस्यमा राजपाबाट लक्ष्मी देवी साफी र गीता कुमारी खङ्ग, नेपाली कांग्रेसबाट असिया बती विश्वकर्मा, एमालेकी केश्वरी देवी यादव, नेपाल लोकतान्त्रिक फोरमका सुनिता देवी चौधरी र संघीय समाजवादी फोरम नेपालका आशा देवी झाले उम्मेदवारी दिएका छन् । यस्तै दलित एवम् अल्पसंख्यकबाट कांग्रेसका मानवीर साफी र संघीय समाजवादी फोरम नेपालबाट बलदेव बाँतरको उम्मेदवारी परेको छ ।

जिल्ला समन्वय समितिका लागि प्रमुख र उप–प्रमुख १–१ जना, खुल्ला सदस्य ३, महिला सदस्य ३ र दलित एवम् अल्पसंख्यकबाट एक जना सदस्यको चयन हुनेछन् । निर्वाचन कार्यक्रम अन्तर्गत मंसिर १ गते उम्मेदवारी फिर्ता एवम् चुनाव चिन्ह प्रदान तथा मंसिर ७ गते १० बजेदेखि १ बजेसम्म रहेको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङ्गानाले जानकारी दिएका छन् ।

Online Saptari
Online Saptari

About The Author