वीरगञ्जमा आइएनपिएल क्रिकेट टुर्नामेन्ट

वीरगञ्जमा आइएनपिएल क्रिकेट टुर्नामेन्ट
Nava Jyoti Saving & Credit Co-Operative Ltd.

बीरगञ्ज, २८ कार्तिक । युवा जनशक्ति समाज नेपाल वीरगञ्ज–३ को आयोजनामा मङ्गलवारदेखि वीरगञ्जमा नेपाल भारत महिला तथा पुरुष आइएनपिएल क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

वीरगञ्जको आदर्शनगर रङ्गशालामा सुरु भएको ५ दिने क्रिकेट टुर्नामेन्टको उदघाटन संस्थाका अध्यक्ष बिनेश प्रसाद कुर्मीले गरेका छन् । नेपाल भारत महिला तथा पुरुष क्रिकेट टुर्नामेन्टमा १८ वटा क्रिकेट टिमहरुले सहभागिता रहेको  आयोजक संस्थाले जनाएको छ । प्रतियोगिताको उद्घाटन शत्रमा अतिथिहरु इन्डिया सफ्ट बल क्रिकेट फाउन्डेसनका साबिर खान, ज्वाइन सेक्रेटरी मदन सिंह, मोहमद नाजिर, दिपक कास्यप, प्रेमहिन्द वालले खेलको महत्वको बारेमा चर्चा गर्दै सम्पूर्ण खेलाडि टिमहरुलाई सफलताको कामना गरे ।

उक्त अवसरमा क्लबका उपाध्यक्ष उमेश कुमार गुप्ता, सचिव करन कुमार पटेल, सह–सचिव अमजत अन्सारी, कोषाध्यक्ष किरण पटेल, सदस्य कामनी कर्ण, गायत्री थरुनी, पिंकी सर्राफ, दिपा सर्राफ, मन्जु पंडित लगायतको विशेष सक्रियता रहेको थियो । मङ्गलवार भएको खेलमा एस.आर.एफ नेपाल र करनाटका बिच भएको खेलमा कर्णाटका १३ रनले विजयी भएको छ । यसैगरी पि.ए.सि. नेपाल र बिहार बिच भएको खेलमा बिहारले २९ रनले विजयी भएको छ । जि.भि.पि. नेपाल र राजस्थान बिच भएको खेलमा राजस्थानले १३४ रनले बिजयी भएको संस्थाका सचिव करण पटेलले जानकारी दिएका छन् ।

Online Saptari
Online Saptari

About The Author