• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मधेश विरोधीहरुलाई सबक सिकाउन फोरम अध्यक्ष यादवको आह्वान

मधेश विरोधीहरुलाई सबक सिकाउन फोरम अध्यक्ष यादवको आह्वान

राजविराज, २८, कार्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीको प्यानल भारी बहुमतले जित्ने दाबी गरेका छन ।

सप्तरीको महदेवा गाउँपालिकाको वडा नम्वर–१ पकरीमा मङ्गलवार आयोजित चुनावीसभालाई सम्वोधन गर्दै उनले यस्तो दावी गरेका हुन् । मधेश गठबन्धनलाई मधेशी जनताले भारी बहुतमतका साथ जिताउने दावी गर्दै उनले भने ‘मधेश गठबन्धनको प्यानलै भारी बहुमतले विजयी हुने सुनिश्चित छ ।’
फोरम नेपाल र राजपाको मधेश गठबन्धन विजयी भए लगतै प्रदेश दुईमा मधेश प्रदेश घोषणा गर्ने समेत फोरम नेपालका अध्यक्ष समेत रहेका प्रतिनीधि सभा क्षेत्र नम्वर–२ का उम्मेदवार यादवले बताए । पर्सादेखि सप्तरीसम्मको आठ जिल्लालाई समेटेर प्रदेश नम्वर दुईमा मधेश सरकार निर्माण गर्ने दावी गरे ।
कांग्रेस, माओवादी र एमालेलाई पराजित नगरेसम्म मधेश प्रदेश बनाउने सपना पूरा नहुने भन्दै यादवले आन्दोलनमा गोली बर्साएर दमन गरेका दलहरुलाई भोट नहालेर सबक सिकाउन समेत उनले आह्वान गरे । चुनावी सभामा संयौको संख्यामा आम जनताको उपस्थिति थियो ।
यसैगरी सप्तरीको दिघवामा आयोजित चुनावी सभामा समेत अध्यक्ष यादव सहभागी भएका छन् ।