बोदेवर्साइनको गौरामा घाँटी रेटेर पत्नीको हत्या

बोदेवर्साइनको गौरामा घाँटी रेटेर पत्नीको हत्या
Bwtech New Add With Software & Bull SMS

राजविराज, २८ कार्तिक । सप्तरीको बोदेवर्साइन नगरपालिकामा मङ्गलवार दिउँसो एक युवकले आफ्नी पत्नीको घाँटी रेटेर हत्या गरेका छन् ।

बोदेवर्साइन नगरपालिकाको वडा नम्वर– ३ गौराका ३२ वर्षिय जयप्रकाश यादवले २९ वर्षिय पत्नी ललिता देवी यादवको हत्या गरेका हुन् । आफ्नै खेतमा धान काट्न गएको अवस्थामा समान्य विवादमा जयप्रकाशले हँसियाले ललिताको घाँटी रेटेर हत्या गरेको ईलाका प्रहरी कार्यालय वोदेवर्साइनका प्रहरी निरीक्षक उमाशंकर सिंहले जानकारी दिएका छन् ।

उनका अनुसार ललिताको घाँटी नै छिनालिएपछि तत्कालै घटनास्थलमै मृत्यु भएको छ । धान खेतमा हँसियाले घाँटी रेटेर पत्नीलाई हत्या गर्ने जयप्रकाशलाई तत्कालै नियन्त्रण लिई आवश्यक अनुसन्धान कार्य अगाडि बढाईएको सिंहले बताएका छन् ।   प्राप्त जानकारी अनुसार जयप्रकाशको मानसिक सन्तुलन ठिक नरहेको बुझिएको छ ।

Online Saptari
Online Saptari

About The Author