राजविराज । मैथिली गीत सङ्गीतको क्षेत्र केही समययता एकपछि अर्को म्युजिक भिडियोहरु निर्माण हुने क्रमले निरन्तरता पाएको छ ।
यसै क्रममा गत साता मात्र ‘अहाँके रुप ई श्रृङ्गार’ बोलको मैथिली गिती म्युजिक भिडियो रिलिज भएको हो । ‘जिन्दगी शनिवार’ नामक यू–ट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको छ । चर्चित मैथिली गायक सन्नु कुमार र अन्जु यादवको सुमधुर स्वरमा सजिएको उक्त गीतमा सरोज आर्यन यादव र लजिना सुवेदीले मोडलिङ्ग गरेका छन् । उक्त म्युजिक भिडियोको निर्देशन चर्चित मोडेल डा. अशोक आर्यन यादवले निर्देशन गरेको छन् भने निर्माता सन्तोष यादव रहेका छन् । सङ्गीत संयोजन रोहित प्रमोदले गरेका छन् ।
सप्तरी जिल्लाकै विभिन्न प्राकृतिक एवम् मनोरम स्थलहरुमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा शब्द रचना सरोज मण्डलको रहेको छ सम्पादन एवम् नृत्य निर्देशन सन्दिप कुमार मण्डलले गरेका छन् । चर्चित क्यामेरा म्यान यज्ञ पराजुलीले छायाङ्न गरेको उक्त म्युजिक भिडियोले स्तरियतालाई कायम राख्दै दर्शकहरुको मन जित्न अग्रसर देखिएको छ । सरोज आर्यनको ‘ओठके लाली लगै य जेना….’ यस अघि सार्वजनिक भईसकेको छ ।