भारतको महादेव मठले जित्यो टुर्नामेन्टको उपाधी

भारतको महादेव मठले जित्यो टुर्नामेन्टको उपाधी
Nava Jyoti Saving & Credit Co-Operative Ltd.

अशोक शर्मा, सखडा, २३ कार्तिक । सप्तरीको छिन्नमस्ता शक्तिपीठ युवा क्लव सखडाद्वारा सञ्चालित ३५औं भलिबल टुर्नामेन्टको विहिवार सम्पन्न फाइनल खेलमा भारतको बाबा बीरभद्रनाथ टिम महादेव मठ टिम विजयी भएको छ ।

खेलमा विजेता घोषित भएका महादेव मठ टिमलाई नगद ११ हजार, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ । उप–विजेता टिम रामधुनी नगरपालिका शैनीमैनी झुम्का सुनसरीलाई नगद ६ हजार एक सय, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ । सोही टिमका उत्कृष्ट खेलाडी मनिष गौतमलाई एक हजार एक सयसहित ट्रफी प्रदान गरिएको आयोजक समितिले जनाएको छ । क्लवका अध्यक्ष रबिन्द्र यादवको अध्यक्षता तथा प्रमुख अतिथि संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य समेत रहेका क्षेत्र नम्वर–२ प्रदेश सभा ‘क’ शैलेन्द्र प्रसाद साह र विशिष्ठ अतिथि तत्कालिन छिन्नमस्ता गाउँ विकास समितिका अध्यक्ष सत्यनारायण यादवले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका छन् ।  सोही कार्यक्रममा प्रमुख अतिथि साह र यादवले खेलाडीहरुलाई पुरस्कार स्वरुप पाँच–पाँच हजारका दरले सहयोग उपलब्ध गराएका छन् ।

Online Saptari
Online Saptari

About The Author