• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

सफल निर्देशक यादव भट्टराईको नयाँ चलचित्र ‘भोर’ आउने तयारीमा

सफल निर्देशक यादव भट्टराईको नयाँ चलचित्र ‘भोर’ आउने तयारीमा

राजविराज, १४ कार्तिक । नेपाली सिनेमा जगतका चर्चित निर्देशक यादवकुमार भट्टराईको झोलाको अपार सफलता पछि फेरी अर्को चलचित्र फिल्म ‘भोर’ आउने भएको छ ।
मिडिया फर कल्चर प्रा.लि.द्वारा उक्त चलचित्रको छायांकन कार्य छठ पर्वका दिन सम्पन्न भएको निर्देशक भट्टराईले जानकारी दिएका छन् । स्तरीय र मौलिक चलचित्र बनाउनमा माहिर मानिएका उनको निर्देशन भोर चलचित्रको छायांकन गत वर्षको छठ पर्वमै शुभारम्भ भएको थियो ।
मधेशमा ब्याप्त दाईजोका कारण महिलाहरुले भोग्नुपरेको पीडालाई मूल कथावस्तु बनाएर निर्माण गरिएको चलचित्रको अधिकांश छायांकन मधेशमे गरिएको छ । साहित्यकार कृष्ण धराबासीको कथा रहेको चलचित्रको पटकथा तथा संवाद निर्देशन समेत भट्टराईले नै गरेका छन् । चलचित्र भोरमा मिथिला क्षेत्रकी चर्चित नायिका डोली सरकार, रामनारायण ठाकुर, मदन ठाकुर, बिएन पटेल, अनितारानी मण्डल, परमेश झा, राजेश सक्सेना, पुजा कर्ण, संगीता देव, जनकनन्दनी लगायतले अभिनय गरेका छन् ।
राज तिमिल्सिना र रामगोपाल थापा निर्माता रहेको भोरको छायांकन दीपक ब्रजाचार्यले गरेका छन् । उक्त चलचित्र अगामी फागुनसम्ममा सार्वजनिक हुने निर्देशक भट्टराईले जानकारी दिएका छन् ।