• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजपाका युवा नेता लक्ष्मण आमरण अनसनमा

राजविराज, ११ कार्तिक । ईमानदारीपूर्वक काम गर्दा पनि पार्टीले मूल्याङ्कन नगरेको भन्दै राष्ट्रिय जनता पार्टी नेपालका लक्ष्मण यादवले शनिवारदेखि राजविराज स्थित गजेन्द्र चौकमा आमरण अनसन थालेका छन् ।

पार्टीको शैलीप्रति असन्तुष्टि जनाउँदै उनले अनिश्किालिन आमरण अनसनमा बसेका हुन् ।  २०७० सालको संविधानसभा निर्वाचनमा आफुलाई टिकट नदिएको, २०७२ को मधेश आन्दोलनमा आन्दोलन परिचालन समितिको क्षेत्रीय संयोजक एवम् मञ्च व्यवस्थापकसहित पार्टीको विभिन्न जिम्मेवारी वहन गर्दा पनि पार्टीले मूल्यांकन नगरेको उनको आरोप छ । पटक– पटक आफु जेलनेलका साथै आन्दोलनमा घाइते भएको जनाउँदै अहिले पनि टिकट वितरणमा धाँधली भईरहेको भन्दै तत्काल सच्याउन नेता यादवले माग गरेका छन् ।