• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

त्रिशुलीमा बस खस्दा मृत्यु हुनेको संख्या २१ पुग्यो, सप्तरीकै १० जना

त्रिशुलीमा बस खस्दा मृत्यु हुनेको संख्या २१ पुग्यो, सप्तरीकै १० जना

राजविराज, ११ कार्तिक । सप्तरीको राजविराजबाट काठमाडौं गईरहेको ना ६ ख १४६७ नम्बरको बस दुर्घटनामा परी हालसम्म मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

मृत्यु हुनेमा १० जना सप्तरी, एक जना सिरहा र एक जना भारत बिहारको रहेको छ । शनिबार बिहान करिब ६ बजेको समयमा सन्देश ट्राभल्स नामक बस त्रिशुली नदीमा खसेको हो । राजविराजबाट १५ जनाको चलान लिएर खुलेको उक्त बसमा कनौना, लहान र हेटौडामा समेत यात्रुहरु चढेका थिए । बसमा कति जना चढेकोबारे ठोस यकिन हुन नसके पनि ५० जना सवार रहेको अनुमान गरिएको छ ।

बस दुर्घटनामा परी मृत्यु हुनेहरुहरुमा हालसम्म १० जना सप्तरीकै रहेका छन् । मृत्यु हुनेहरुमा नरेश मुखिया, शुशान्त चौधरी, रमानन्द यादव, संजित कुमार झा, सिम्मी कुमारी झा, आदित्य यादव, पार्बती चौधरी, चन्द्ररेखा प्रमाणी, मन्जित कुमार झा र चन्द्रावती झा रहेका छन् ।  यसैगरी भारतको मधुवन घर भएकी ममता देवी ठाकुर र राजकपुर यादव सनाखत भएको छ ।

बस दुर्घटनामा परी घाइते हुनेहरुमा राजविराज नगरपालिका वडा नम्वर–२ का अमन ठाकुर, श्रवण कुमार ठाकुर, उद्धव ठाकुर, दिवसकान्त पण्डित,  सिराहा भगवानपुर–१ राजविराज नगरपालिका–९ का दुर्गानन्द चौधरी, दुर्गानन्द यादव, निविदिता चौधरी, सुगम चौधरी, राजविराज सन्ताृेष सरदार, मधुवन बिहारका मनोज ठाकुर, गणेश ठाकुर, गौरीशंकर ठाकुर, अभिषेक चौधरी, राजविराजका सुशील यादव र सुरेन्द्र कुमार यादव रहेका छन् । त्रिशुली नदीमा खसेको बसलाई क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।