बढ्यो सप्तरीको छिन्नमस्ता शक्तिपीठको आम्दानी

बढ्यो सप्तरीको छिन्नमस्ता शक्तिपीठको आम्दानी
Sinha Tempo

राजविराज, १० कार्तिक । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा अवस्थित प्रसिद्ध छिन्नमस्ता शक्तिपीठको आर्थिक वर्ष २०७३/०७४ को आय–व्यय सार्वजनिक गरिएको छ ।

छिन्नमस्ता संरक्षण सम्वद्र्धन समितिद्वारा करिब एक करोड रुपैयाँ बराबरको आय–व्यय प्रस्तुत गरिएको हो । समितिका कार्यवाहक अध्यक्ष रामनारायण यादवले दिएको जानकारी अनुसार समितिले ९६ लाख ४७ हजार ६ सय ८ रुपैयाँ ८५ पैसाको आय–व्यय सार्वजनिक गरेको छ । शक्तिपीठमा बली प्रदानबाट मात्र १७ लाख ८६ हजार ७ सय ६६ रुपैयाँ आम्दानी भएको छ ।

यस्तै पसल भाडाबाट ४ लाख ३७ हजार ५ सय ५०, हुलाका कार्यालय भाडा ५ हजार ८ सय ४०, धर्मशाला ८३ हजार ६ सय २०, विवाह, मुण्डन, अष्ट्यामबाट २ लाख १९ हजार १ सय ५०, चन्दाबाट ६० हजार ८ सय ६४, पोखरीबाट ९८ हजार २ सय, दानपेटिकाबाट ५ लाख ३८ हजार ६ सय १४ र विशिष्ट पूजाबाट ३ लाख १० हजार ६ सय ५० रुपैयाँ आम्दानी प्राप्त भएको कार्यवाहक अध्यक्ष यादवले जानकारी दिएका छन् । यसैगरी गाडी पूजाबाट ६ लाख ९७ हजार ९ सय २७, पार्किङ्गबाट ६ लाख ४४ हजार ३ सय ३, विविध आय ५१ हजार फुटकर आय २ लाख १० हजार ४ सय ६०, सरकारी अनुदान ७ लाख ४९ हजार ६ सय, गिलेशन भाडाबाट १५ लाख ६७ हजार र व्याज बढी २ लाख २७ हजार ९ सय ९१ रुपैयाँ आम्दानी भएको उनले बताए ।

कार्यवाहक अध्यक्ष यादवका अनुसार राष्ट्रिय वाणिज्य बैंकको १५५३७ नम्वरको खातामा १७ लाख ३९ हजार ४ सय २६, सोही बैंकमा ४२६८ नम्वरको खातामा ७ लाख ४ सय ७७, कृषि विकास बैंकमा १ लाख ३० हजार ५ सय, एभरेष्ट बैंकमा ३ हजार ४ सय ६८, श्रृजना फाइनान्समा १ हजार ५ सय ५३, सोही बैंकको अर्को खातामा १ हजार ७ सय ७१ र नगद मौज्दात ६४ हजार ९ सय ८३ रुपैयाँ ६० पैसा रहेको छ ।   यसैगरी मन्दिरमा आर्थिक वर्ष २०७३÷०७४ मा सुन ४ भरी ९ आना र चाँदी १ केजी ४ सय ७५ ग्राम संकलन लेखा प्रतिवेदनमा उल्लेख छ ।

Online Saptari
Online Saptari

About The Author