• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

गम्हरिया प्रवाहामा शुभकामना आदान–प्रदान

गम्हरिया प्रवाहामा शुभकामना आदान–प्रदान

राजविराज, ६ कार्तिक । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्वर–८ गम्हरिया प्रवाहामा सोमवार शिक्षक कर्मचारी मिलन समारोह तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरियो ।

सोही कार्यक्रममा ‘शिक्षक तथा कर्मचारी उत्थान समाज गम्हरिया प्रवाहा’ नामक संस्था गठन गरिएको छ । १३ सदस्यीय समाजको अध्यक्षमा प्रशुराम यादव, उपाध्यक्षमा रुद्र नारायण पंडित, सचिवमा रंजित कुमार राम, सह–सचिव मो. ईस्लाम र कोषाध्यक्षमा जयप्रकाश यादव रहेका छन् ।

उक्त अवसरमा एस.ई.ई. परीक्षामा वडा नम्वर–८ गम्हरिया प्रवाहामा उत्कृष्ट अंक ल्याउने छात्र–छात्राहरुलाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुने छात्रछात्राहरुमा संजिव कुमार मुखिया, ममता कुमारी मंडल, मो. नसिम, दिनेश कुमार साफीलगायतका छन् । उनीहरुलाई नगद पुरस्कार कपी कलम र  डिक्सनरी प्रदान गरिएको छ ।