• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

क्रिकेट संघमा पुरानै पदाधिकारीहरुको निरन्तरता

क्रिकेट संघमा पुरानै पदाधिकारीहरुको निरन्तरता

राजविराज, ६ कार्तिक । सप्तरी क्रिकेट संघको तेस्रो साधारणसभाले यसअघिको कार्यसमितिलाई यथावत राख्दै केही नयाँ सदस्यलाई थप गरेको छ ।
सोमबार सम्पन्न तेस्रो साधारणसभाले अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षलाई यथावत राख्दै केही सदस्यहरुलाई थप गरेर नयाँ समिति बनाइएको छ । समितिको अध्यक्षमा शैलेश कुमार चौधरी, उपाध्यक्ष सचिन्द्र यादव, सचिवमा आयुष श्रेष्ठ र कोषाध्यक्षमा राधेश्याम यादवलाई भने यथावतै राखिएको छ ।
समितिको सदस्यमा राजेश कुमार झा, चन्दन कुमार यादव, तुलानाथ माझी, मनोज कुमार साह, बिरेन्द्र यादव, सतिश कुमार दत्त, रंजित चौधरी, सतिश कुमार सिंह, रबी राय, अनवर अली, निरज सिंह र बिरेन्द्र कुमार यादवलाई चयन गरिएको छ । यसअघि साधारणसभाको राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले उद्घाटन गरेका थिए । उक्त अवसरमा बोल्दै उनले राजविराजमा चाँडै मेयर कप क्रिकेट प्रतियोगिताको आयोजना गरिने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले समेत जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको आयोजना गरिने बताए । सप्तरी क्रिकेट संघका अध्यक्ष शैलेश कुमार चौधरीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा क्रिकेट संघका संस्थापक सदस्य जितेन्द्रनारायण देव, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गासमेतले मन्तव्य व्यक्त गरेका थिए ।