अमेरिका मधेशी समाज गठन

अमेरिका मधेशी समाज गठन
Bwtech New Add With Software & Bull SMS

ड्यालस (टेक्सस), ३० असोज । गत शनिबार ड्यालसमा भेला भएका अमेरिकाको विभिन्न राज्यमा बस्दैआएका मधेशी समुदायको अग्रसरतामा ’अमेरिका मधेशी समाज’ गठन गरिएको छ ।
युलेसस्थित फिस्टेल रेष्टुराँमा भएको भेलाद्वारा टेक्ससका विजय यादवको अध्यक्षतामा अमेरिका मधेशी समाज गठन गरिएको हो । डिएफडब्ल्यू मधेशी समाजको सकृयतामा अमेरिकाभरि रहेका नेपालको तराई क्षेत्रबाट अमेरिका आएकाहरूको सकृयतामा संस्था स्थापना भएको छ ।
संस्थाको वरिष्ठ उपाध्यक्षमा टेक्ससकै राजेश यादव चयन भएका छन् । यसैगरी उपाध्यक्षद्वयमा नर्थ क्यारोलाइनका धिरेन्द्र यादव र टेक्ससका काजल कर्ण चयन भएका छन् । यसैगरी महासचिवमा नित्य शाह, सह–सचिवमा राजकुमार यादव, कोषाध्यक्षमा मुकेश शाह र मिडिया संयोजकमा दिनेश यादव चयन भएका छन् ।
कुल ९ सदस्यीय कार्यसमितिमा इलिनियोसका रामआश्रे राय, भर्जिनयामा बैद्यनाथ शाह, टेक्ससका राजकुमार यादव, अलाबामाका शशी यादव, टेक्ससका सञ्जय यादव, टेक्ससका सीमा राय, टेनिसीका सञ्जित यादव, क्यालिफोर्नियाका लक्ष्मी यादव र ओक्लाहोमाका रामप्रसाद यादव रहेका छन् ।
भेलाले ६ जनालाई सल्लाहकारमा मनोनयन समेत गरेको छ । इलिनियोसका डा. मुकेश यादव र डा. रेवती रमण, टेक्ससका अमरनाथ शाह, राजेश अधिकारी, सञ्जय कर्ण र सन्तोष चौधरी रहेका छन् ।
यसैबीच शनिबारै सम्पन्न भेलाले अमेरिका मधेशी समाजको डिएफडब्ल्यु च्याप्टर गठन गरेको छ ।
च्याप्टरको अध्यक्षमा नितेश कलवार चयन भएका छन् । त्यस्तै तीन उपाध्यक्षहरूमा शशी यादव, किरण अधिकारी, बच्चेलाल राय चयन भएका छन् । सचिव, सहसचिव, कोषाध्यक्ष र मिडिया संयोजकहरूमा क्रमशः चितरञ्जन यादव, भोपाल शाह, अजय शाह र अभिशेक झा रहेका छन् ।
कार्यकारिणी सदस्यहरूमा इन्दु कर्ण, सुनिल यादव, राजीव यादव, अनिल यादव, गीता शाह, खुस्बु यादव, रामु पण्डित, नितु यादव, उमेश यादव, राधा शाह, पमि यादव, प्रमोद यादव, रामकिशोर यादव, सञ्जय गुप्ता, लालबाबु दाश, मुकेश यादव, रजनी सिंह र बीरेन्द्र शाहलाई चयन गरिएको छ ।
भेलामा स्थानीय विभिन्न संघ–संस्थाका प्रतिनीधिहरूले शुभकामना मन्तव्य व्यक्त गरे । नव स्थापित संस्थाले नेपालीहरूबीच सूचना, सहयोगको आदान प्रदान गरेर समृद्ध बनाउन सहयोग गर्ने जनाएको छ ।

Online Saptari
Online Saptari

About The Author