Top_Header_Right_Add
Crona Awareness

पत्रकार प्रिया सिंह थारुको स्कुटरमा तोडफोड

पत्रकार प्रिया सिंह थारुको स्कुटरमा तोडफोड

राजविराज, १५ असोज । मुहर्रम पर्वका अवसरमा आइतवार कला प्रदर्शनमा सहभागी मुस्लिम युवाहरुको एक समूहले पत्रकार प्रिया सिंह थारुको स्कुटरमा तोडफोड गरी क्षति पुर्याएका छन् ।

राजविराज नगरपालिका वडा नम्वर–३ कञ्चनपुर रोड भएर घरतर्फ गईरहेको अवस्थामा भालाले स ७ प ३६८२ नम्वरको स्कुटरमा हान्दा अगाडिको भाग क्षतिग्रस्त भएको छ । आफु पत्रकार भएको बताएपछि स्कुटरमा प्रेस लेखेको देखेर उक्त समूह बाटो लागेको पीडित पत्रकार थारुले जानकारी दिएका छन् । सामुदायिक रेडियो छिन्नमस्ता एफएमकी स्टेशन म्यानेजर समेत रहेकी उनी एफएमको काम सकाएर घरतर्फ जाने क्रममा साँझ करिब ४.४५ बजेको समेत स्कुटरमा तोडफोड गरेको बताईन् ।

बिना कारण आफ्नो गाडिमा तोडफोड गर्ने व्यक्तिलाई अविलम्व पक्राउ गरी कार्वाही तथा तोडफोड भएको स्कुटरको क्षतिपूर्तीको समेत उनले माग गरेकी छिन् । घटनाबारे जिल्ला प्रहरी कार्यालयमा जानकारी दिए लगत्तै पुगेको प्रहरी टोलीले क्षतिग्रस्त स्कुटरको अवस्थासहित घटनाबारे जानकारी लिएको छ । बिना कारण स्कुटरमा तोडफोड गर्ने टोली तथा त्यसको नेतृत्व गर्ने टोलीको समेत पहिचान भईसकेकोले कानूनी प्रक्रिया अगाडि बढाईसकिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।