Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

सप्तरीसहित मधेशका जिल्लाहरुमा मुस्लिम समुदायले मनाए मुहर्रम पर्व

सप्तरीसहित मधेशका जिल्लाहरुमा मुस्लिम समुदायले मनाए मुहर्रम पर्व
Bwtech New Add With Software & Bull SMS

राजविराज, १५ असोज । मुस्लिम समुदायले मुहर्रम पर्व आइतवार सप्तरीसहित मधेशका जिल्लाहरुमा भब्यताकासाथ मनाएका छन् ।

  ईराकको करवाला मैदानमा यहुदीसँगको लडाईमा पैगम्बरका नाती असन हुसेन मारिएको दिनलाई सम्झना गर्दै यो पर्व मनाईदैआएको हो । ईश्वर एउटै हो भन्ने बिचारका पक्षधर र विरोधीहरु बीच करवाला मैदानमा युद्ध हुँदा असन हुसेनको टाउँको काटी भालामा गाँसेर अधर्मीहरुले खुशीयाली मनाएको धार्मिक विश्वास रहेको छ ।राजविराज–९ का समिम अहमद अनुसार सत्यका पक्षधर असन हुसेनको सहादत भएकै दिनको स्मरणमा मुहर्रम मनाईदैआएको छ ।

मुस्लिम समुदायकालागि यो पर्व खुशीयालीको नभई शोक एवम् शक्ति सञ्चयको पर्व भएको उनको भनाई छ ।उर्दू तारेख अनुसार दशौं दिन मुहर्रम पर्व मनाईन्छ । तेस्रो र चौथो दिनदेखि मुस्लिम समुदायका युवाहरुले लाठी, भाला, फर्सा, तरबार, डाइगर, खुकुरीआदि हतियारको अभ्यास गर्ने गरिन्छ । पन्ध्र दिन अगाडिदेखि निकै मेहनतकासाथ निर्माण गरिएको दाहा, तजिया बनाएर रण (मैदान)मा राखिन्छ । कला कोशलता प्रदर्शन गर्दै सोही साँझ दाहालाई पोखरीको डिल, फूलबारी वा सार्वजनिक स्थानमा राखि समापन गर्ने परम्परा रहेको छ ।मुहर्रमका अवसरमा दाहा तजिया बनाउने परम्परा रहे पनि हाल यो क्रम घट्दै युवावर्गले निशान (झण्डा) लिएर मनाउन थालेका छन् ।

असनको प्रतिक सिपर, तजिया, दाहा बनाएर लाठी तथा घरेलु हतियारको कला प्रदर्शन गर्दै मुहर्रम पर्व मनाईन्छ ।  मुहर्रमका अवसरमा सप्तरीसहित मधेशका जिल्लाहरुमा मुस्लिम समुदायका युवा, बृद्ध तथा किशोरहरु समेत हतियार कौशलता प्रदर्शन गर्न गर्छन् । यो पर्वका अवसरमा राजविराजको गुलाब ग्यारेज, बिहारपुरको फूलबारी, राष्ट्रिय प्राथमिक विद्यालय थलहीको खेल मैदान, बिसहरियाको मुसहर्नियाँ, झल्हीको नहर, सारस्वरको गौरा रन, पातो, तरही, घोघनपुर, बनरझुलालगायतका स्थानहरुमा भव्य मेला आयोजना गरिएको छ । यसैगरी रौतहट, पर्सा, धनुषा, सिरहा, महोत्तरी, सुनसरी, मोरङ्गलगायत मधेशका जिल्लाहरुमासमेत मुहर्रम पर्व भव्यतापूर्वक मनाईरहेको जनाईएको छ ।

Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: