Top_Header_Right_Add
Crona Awareness

सप्तरी प्रेस मञ्चद्वारा राजपाबाट निर्वाचित प्रमुख तथा उप प्रमुखहरुलाई सम्मान

सप्तरी प्रेस मञ्चद्वारा राजपाबाट निर्वाचित प्रमुख तथा उप प्रमुखहरुलाई सम्मान

राजविराज, १३ असोज । नेपाल प्रेस मञ्च सप्तरीद्वारा शुक्रवार नगरपालिका तथा गाउँपालिकामा राष्ट्रिय जनता पार्टी नेपालद्वारा नव निर्वाचित प्रमुख तथा उप प्रमुखहरुलाई सम्मान गरियो ।

नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा आयोजित कार्यक्रममा नगरपालिकाका मेयर, उप मेयर तथा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरुलाई सम्मान गरिएको हो । विजया दशमी, दिपावली एवम् छठ पर्वको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा बोल्दै नवनिर्वाचित जनप्रतिनीधिहरुले जनताको भावना अनुसार स्थानीय स्तरका समस्याहरु पहिचान गरी प्राथमिकीकरणका आधारमा काम अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले विकास निर्माण सम्वन्धी कामलाई उच्च प्राथमिकतामा राखेर आफुहरु अगाडि बढ्ने बताए ।

प्रेस मञ्चका जिल्ला अध्यक्ष शुभचन्द्र झाको अध्यक्षतामा आयोजित कार्यक्रममा राजपाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव, महासचिव केशव झा, सह–महासचिवद्वय जयप्रकाश ठाकुर, गजेन्द्र कुमार मण्डल, जिल्ला अध्यक्ष सुनिल कुमार झा, राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, उप मेयर साधना झा, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, उपाध्यक्ष बेचनी देवी सरदार, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, उपाध्यक्ष सुचिता कुमारी यादव, हनुमाननगर कंकालिनी नगरपालिकाकी उप मेयर सरिता देवी यादव, राजविराज नगरपालिका वडा नम्वर–९ का वडा अध्यक्ष शम्भु प्रसाद यादव (लाली), वडा नम्वर–१० का सुशील कुमार दास, प्रेस काउन्सिल नेपालका पूर्व सदस्यद्वय मुरली प्रसाद यादव, अनिल कुमार अनल, नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद शैलेन्द्रमोहन झा, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, महिला उपाध्यक्ष सुधा देव, मैथिली साहित्य परिषदका उपाध्यक्ष सतिश कुमार दत्तलगायतका वक्ताले मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा स्वागत मन्तव्य मञ्चका ध्रुव कुमार मण्डलले गरे भने सञ्चालन पत्रकार भूपेन्द्र कुमार मण्डलले गरे । कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरुलाई गम्छा, माला र अबीर लगाएर सम्मान गरिएको थियो ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।