• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजविराज नगरपालिकाका नव निर्वाचित प्रतिनीधिहरुद्वारा मैथिली भाषामा सपथ ग्रहण

राजविराज नगरपालिकाका नव निर्वाचित प्रतिनीधिहरुद्वारा मैथिली भाषामा सपथ ग्रहण

राजविराज, १२ असोज । सप्तरीको राजविराज नगरपालिकाका नव निर्वाचित पदाधिकारीहरुको विहीवार सपथ ग्रहण गरिएको छ ।
जिल्ला अदालतको सभाकक्षमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत शारदा प्रसाद कोइरालाले नव निर्वाचित मेयर शम्भु प्रसाद यादव, उप मेयर साधना झा र वडा अध्यक्षहरुलाई सपथ ग्रहण गराएका छन् । नव निर्वाचित पदाधिकारीहरुले मैथिली भाषामा सपथ ग्रहण गरेका छन् । उप मेयर झाले सपथ ग्रहण पत्रमा समेत तिरहुता लिपी (मैथिली)मै हस्ताक्षर समेत गरेका छन् ।
कार्यक्रममा मैथिली भाषामा बोल्दै नव निर्वाचित मेयर यादव र उप मेयर झाले पदाधिकारीहरुले प्रभावकारी सेवा, विकास निर्माणलगायतका कामहरुलाई प्राथमिकताकासाथ अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । सम्पूर्ण मतदाताहरुप्रति आभार प्रकट गर्दै आफुहरुले नगरपालिकामा देखिएका समस्याहरुको पहिचान गरी प्राथमिकीकरणको काम गरेर नमूना नगरपालिका बनाउने बताए ।
राष्ट्रिय जनता पाटीका शम्भुले ४ हजार ७ सय ७४ मत र साधनाले ५ हजार १ सय ९५ मत प्राप्त गरी विजयी भएका हुन् । सप्तरी जिल्लाका ९ नगरपालिका र ९ गाउँपालिकामा नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण समेत सम्पन्न भईसकेको छ ।
प्रमुख निर्वाचन अधिकृत कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, सशस्त्र प्रहरी उपरीक्षक रामाआधार यादव, राजविराज नगरपालिकाका कार्यकारी अधिकृत उमेश कुमार यादवलगायतले शुभकामना मन्तव्य गरे ।