• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

साहित्यकार मिश्रको अध्यक्षतामा मिथिला साहित्य कला प्रतिष्ठान गठन

साहित्यकार मिश्रको अध्यक्षतामा मिथिला साहित्य कला प्रतिष्ठान गठन

राजविराज, १२ असोज । मैथिली भाषा, साहित्य, सङ्गीत, नाटय, कला, संस्कृति संरक्षण–सम्वद्र्धन गर्ने उद्देश्यका साथ मिथिला साहित्य कला प्रतिष्ठान नामक संस्था गठन गरिएको छ ।
जिल्ला समन्वय समिति सप्तरी प्राङ्गणमा बुधवार सम्पन्न भेलाले साहित्यकार देवेन्द्र मिश्रको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा रबेन्द्र रवि, सचिवमा विद्यानन्द वेदर्दी, सह–सचिवमा सुभाष विरपुरीया र कोषाध्यक्षमा पायल झा रहेकी छिन् । समितिको सदस्यमा शम्भू श्री, तेजू मैथिल, अन्जु यादव, किरण झा, गजेन्द्र गजूर, श्रीराम मण्डल, सुरेश यादव र हरेराम राय रहेको जनाईएको छ । नव गठित संस्थाका सचिव वेदर्दीले दिएको जानकारी अनुसार संस्था दर्ता प्रक्रियामे अगाडि बढाईसकिएको छ ।