Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

मिथिला जागरण यात्राको टोलीलाई राजविराजमा स्वागत एवम् अभिनन्दन

मिथिला जागरण यात्राको टोलीलाई राजविराजमा स्वागत एवम् अभिनन्दन
Bwtech New Add With Software & Bull SMS

राजविराज, १२ असोज । मिथिलाक अनुपम डेग नामक संस्थाद्वारा जारी मिथिला पुनरजागरण यात्राको टोलीलाई राजविराज स्थित मैथिली साहित्य परिषद्ले स्वागत एवम् अभिनन्दन गरेको छ ।

बाराको सिम्रौनगढबाट शुभारम्भ भएको जागरण यात्रा टोली बुधवार सप्तरी आईपुगेको हो । उक्त टोलीलाई मैथिली भवनमा आयोजित एक समारोहका बीच यात्राका अभियन्ताहरु पत्रकार ध्रुव कुमार झा, फिल्म निर्देशक एवम् अभिनेत्री सरिता साह र मिथिलाक अनुपम डेग संस्थाका महासचिव निराजन झालाई मिथिलाको पाग, दोसल्लासहित माला र अबीर लगाएर स्वागत एवम् अभिनन्दन गरिएको छ ।

सोही कार्यक्रममा अनुपम डेगकी अध्यक्ष आरती झा सल्लाहकार डा. अखिलेश कुमार झालाई समेत पाग, दोसल्लासहित माला र अबीर लगाएर सम्मान गरिएको छ । मैथिली साहित्य परिषदका अध्यक्ष प्रा. अशोक कुमार झाको अध्यक्षता तथा डा. अखिलेश कुमार झाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा परिषदका पूर्व अध्यक्ष देवेन्द्र मिश्र, पत्रकार एवम् राजनीतिक विष्लेशक सन्तोष कुमार चौधरी, अन्तर्राष्ट्रिय मैथिली परिषद् नेपालकी अध्यक्ष करुणा झा, मैथिली अभियानी साहित्यकार साधना झा, कवि सत्येन्द्रनाथ चौधरी, गजलकारद्वय रबेन्द्र मडर रबि, शम्भुश्री, गायक सुभाष बिरपुरिया, कञ्चन झा, मिथिला स्टुडेन्ट युनियन लहानका अध्यक्ष हृदयनारायण यादव, साहित्यकारहरु बिमला देव, विद्यानन्द वेदर्दी, गजेन्द्र गजुर, दिनेश रसिया, पवन मिश्रलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरे ।

सोही अवसरमा दहेजमुक्त मिथिला अभियानको तर्फबाट संस्थापक अध्यक्ष करुणा झाले समेत शुभकामना सन्देशसहित स्वागत एवम् अभिनन्दन गरेकी छिन् । कार्यक्रममा स्वागत मन्तव्य परिषद्का कोषाध्यक्ष पंकज कुमार झा, धन्यवाद ज्ञापन सदस्य अजयकुमार झाले गरे भने सञ्चालन परिषद्का सचिव श्यामसुन्दर यादवले गरे । उक्त यात्रा मोरंगको किचक बध स्थलसम्म पुग्ने टोलीका निराजन कुमार झाले जानकारी दिएका छन् ।

Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: