राजविराज नगरपालिकाको मेयरमा राजपाका शम्भु र साधना निर्वाचितः झिनो मतले भीमराज पराजित

राजविराज नगरपालिकाको मेयरमा राजपाका शम्भु र साधना निर्वाचितः झिनो मतले भीमराज पराजित
Bwtech New Add With Software & Bull SMS

कुन उम्मेदवारले पाए कति मत ?

राजविराज, ११ असोज । कडा प्रतिष्पर्धाका बिच सप्तरी सदरमुकाम राजविराज नगरपालिकाको मेयर पदमा राष्ट्रिय जनता पार्टीका शम्भु प्रसाद यादव र उप मेयरमा साधना झा निर्वाचित भएका छन् ।
जिल्ला खेलकुद विकास समितिको हलमा बुधवार राती सम्पन्न मतगणना परिणाम अनुसार राष्ट्रिय जनता पाटीका शम्भुले ४ हजार ७ सय ७४ मत प्राप्त गरी विजयी भएका हुन् । उनले मेयर पदका निकटतम् प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका भीमराज यादवभन्दा १५ मत बढी प्राप्त गरी विजयी भएका छन् ।
झिनो मत अन्तरले पराजित भएका भीमराजले ४७५९ मत प्राप्त गरेका छन् ।
यसैगरी राजपाकै साधनाले ५ हजार १ सय ९५ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी भन्दा फराकिलो मत अन्तरले विजयी भएकी छिन् । उप–मेयर पदकी निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालकी किरण साहले ४२६९ मत प्राप्त गरेकी छिन् ।
यस्तै नेकपा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार अनिस अन्सारीले ३ हजार ३ सय १६ मत प्राप्त गरेका छन् । सोही पार्टीकी उप मेयर पदमा सुमित्रा कुमारी यादवले २ हजार ७ सय ४ मत प्राप्त गरेकी छिन् ।
नेपाल लोकतान्त्रिक फोरमबाट मेयर पदका उम्मेदवार शैलेश कुमार चौधरीले २ हजार ५ सय ७ मत प्राप्त गरेका छन् । सोही पार्टीबाट उप मेयर पदकी उम्मेदवार पवनी देवी खङ्गले १ हजार ४ सय ५८ मत पाएकी छिन् ।
नेकपा एमालेका मेयर पदका उम्मेदवार सुखराम यादवले २ हजार २७ मत प्राप्त गरेका छन् । एमालेकै उप मेयर पदकी उम्मेदवार ममता कुमारी चौधरीले २ हजार ९ सय १२ मत प्राप्त गरेकी छिन् । नेपाली कांग्रेसबाट मेयर पदका प्रत्यासी धु्रव देवले २ हजार १ सय १० मत पाएका छन् भने उप मेयर पदकी उम्मेवार सुशीला कुमारी यादवले २ हजार ७२ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत शारदा प्रसाद कोइरालाले जानकारी दिएका छन् ।
यस्तै नयाँ शक्ति पार्टीका मेयर पदकी प्रत्यासी मीना ठाकुरले १ सय ५१ मत प्राप्त गरेकी छिन् । सोही पार्टीबाट उप मेयर पदमा १ सय ५७ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका शैलेन्द्र कुमार साहले १७९ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयर पदका उम्मेदवार अमित कुमार यादवले ७८ मत, नेपाल कम्युनिष्ट पार्टी मालेका महिनारायण मोचीले ६५ मत, मेयर पदका स्वतन्त्र उम्मेदवार लक्ष्मी कुमारी चौधरी २२ मत, स्वतन्त्र उम्मेदवार रामअशिष शर्माले १ मत पाएका छन् । यस्तै उप मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी मन्दिर परियार ८७, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिककी लक्ष्मी चौरसियाले १३५ मत पाएकी छिन् ।
नव निर्वाचित मेयर र उप मेयरलाई बुधवारै निर्वाचित भएको प्रमाणपत्र मुख्य निर्वाचन अधिकृत शारदा प्रसाद कोइरालाले प्रदान गरेका छन् ।

 

Online Saptari
Online Saptari

About The Author

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *