• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मतअभिमत

कहिलेसम्म प्रष्टिकरण दिई रहनुपर्छ नेपाली हो कि इन्डियन ?

कहिलेसम्म प्रष्टिकरण दिई रहनुपर्छ नेपाली हो कि इन्डियन ?

आज ललितपुरमा विहान ९ वजेको समय म बाथरुममा नुहाउन भर्खर पसेको थिएँ । छोरी दिया स्कुल छुट्टी भएकोले कम्पाउन्ड अगाडि खुला ठाउँमा अन्य बालबालिकासँग खेलिरहेकी थिई । ठीक त्यही समयमा सुटुबुट लगाएका ३० बर्षका हाराहारीका ३ जना युवाहरु त्यही बाटोवाट क्रस गर्दै थिए । ती तीन जना युवामध्ये एकजनाले मेरी छोरीलाई सोधे छ, तिमी इन्डियन हो की नेपाली? छोरीले सिधा उत्तर दिईछ, म नेपाली हो ।
ती मान्छेहरु त्यति सोधेर अगाडि बढेछ । छोरी दिया कम्पाउन्डमा माथि उक्लेर, बाथरुमको ढोका ढकढक गर्दै भनी, ड्याडी मलाई ती सडकमा जाने तीन जना दाइले तिमी नेपाली हो की इन्डियन भनेर सोधे । यो कुरा सुनेपछि, म ननहुाइ फेरि लुगा लगाएर ती तीन जना युवाहरुलाई खोज्न दौडें । तिनीहरु थोरै अगाडि गएको हुँदा मैले तिनीहरुलाई प्रतिप्रशन गर्न पाएँ ।
मेरो छोरीलाई इन्डियन हो की नेपाली भनेर तिमीले किन सोधेको ? उसले मलाई भद्रपूर्वक उत्तर दियो, लुक इन्डियन जस्तो भएर । मैले त्यसपछि उसलाई सोधे तिमी कति पढेका छौ ?, उसले उत्तर दियो व्याचलर । मैले त्यस पछि उसलाई भने व्याचलर पढेको मान्छेलाई नेपाल के हो भने थाह छैन । नेपालीको परिभाषा थाह छैन । लुकको आधारमा प्रश्न सोध्ने, तिमी इन्डियन हो कि नेपाली ? मैले उसलाई भने, How dare you ask such nonsense question to a kid playing on the road उसले मेरो कञ्चट तातेको देखेपछि, मेरी छोरीसँग I am sorry भनेर माफी माग्यो र गयो ।
मधेशीसंँग कुनै समस्या छैन भन्नेलाई वताईदिनुुस, म त जीवनभर म नेपाली कि भारतीय हो भनेर प्रष्टीकरण दिंदै हिंडेर तर मेरा छोरीहरुले पनि यो प्रष्टीकरण जीवनभर दिनुपर्ने भयो । कृपया उत्तर दिनुहोला कि हामी नेपाली हो कि इन्डियन । यसकारण म कटिबद्ध छु र बचनवद्ध छु कि नेपाली हुनकालागि पहाडी मात्र जनाउने परिभाषालाई परिवर्तन गरेर छाड्छु र नेपालीको परिभाषालाई दोषपूर्ण बनाउने हरेक संरचनालाई पनि भत्काएर छोड्छु । बनाउँछु देशको नयाँ परिभाषा जहाँ मेरी छोरीलाई पुनः कसैले नेपाली हो की इन्डियन भनी सोध्ने दुस्साहस नगरोस् ।
सामाजिक अभियन्ता अधिवक्ता दिपेन्द्र झाको फेसबुक वालबाट साभार । २०७४ भदाै १० गते