
सप्तरी, ५ असोज । सप्तरीमा जारी पछिल्लो मतगणना परिणाम अनुसार सप्तरीको विष्णुपर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन् ।
अध्यक्ष पदमा लिलाम्बर यादवले २१२४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्घन्द्घी राजपा नेपालका मुनीलाल खङ्गले १६५९ मत प्राप्त गरेका छन् । यस्तै उप मेयरमा नेपाली कांग्रेसकै जनजिरा देवी यादवले २०७८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्घन्द्घी संघीय समाजवादी फोरम नेपालकी उषा कुमारी साहले १४८० मत प्राप्त गरेका छन् ।
यस्तै नेकपा एमालेले सप्तकोशी नगरपालिकामा मेयर, उप मेयरसहित अधिकांश वडामा प्यानसहित विजयी भएको छ ।
एमालेका उत्तम कुमार गौतमले ३०३९ मत प्राप्त गरी अत्यधिक मतले विजयी भएका छन् । उनका निकटतम् प्रतिद्घन्द्घी माओवादी केन्द्रका धु्रव कार्कीले १८८३ मत प्राप्त गरेका छन् । उप मेयरमा आशा देवी चौधरीले ३२२७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्घन्द्घी माओवादी केन्द्रकी राजकुमारी चौधरीले २१९९ मत प्राप्त गरेका छन् ।
वडा नम्वर १, २, ३, ४, १० र ११ नम्वर वडामा प्यानलै विजयी भएको छ । सोही नगरपालिकामा माओवादी केन्द्रले वडा नम्वर ५, ६, ७, ८ र ९ मा वडा अध्यक्षसहित सदस्यहरु जितेको छ । यस्तै छिन्नमस्ता गाउँपालिका २ मा नयाँ शक्ति पार्टीका तुलसी प्रसाद साहसहितको प्यानल जितेर सप्तरीमा विजयी शुरुवात गरेको छ ।
हालसम्मको मतगणना परिणाम अनुसार नेपाली कांग्रेस ६, संघीय समाजवादी फोरम ४, राजपा नेपाल २, नेकपा एमाले २ र नेकपा संयुक्त र नयाँ शक्ति पार्टीको गठबन्धनका १ उम्मेदवार अग्रस्थानमा रहेका छन् ।



