Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

अनन्त चतुर्दशीको अवसरमा महादेव मन्दिरहरुमा जलरिसाल

अनन्त चतुर्दशीको अवसरमा महादेव मन्दिरहरुमा जलरिसाल
Bwtech New Add With Software & Bull SMS

राजविराज, २० भदौ । सप्तरीको गम्हरिया प्रवाहामा भोला बाबाको मन्दिरमा अनन्त चतुर्थदशीको अवसरमा मङ्गलवार जलरिसाल गरिएको छ ।
सप्तकोशी ब्यारेजबाट जल भरेर मन्दिरमा जलरिसाल गरिएको हो । उक्त अवसरमा आयोजना गरिएको डाकबम प्रतियोगितामा कुलदेव सरदारले २ घण्टा ५९ मिनेट ६ सेकेण्डमा कोशी व्यारेजमा जल भरेर मन्दिरमा चढाएर प्रथम भएका छन् ।
यसैगरी मञ्जु सरदारले २ घण्टा ५९ मिनेट ९ सेकेण्डमा जल चढाएर दोस्रो तथा ब्रह्मदेव यादवले २ घण्टा ५९ मिनेट ११ सेकेण्डमा जल चढाएर तेस्रो स्थान प्राप्त गरेका छन् । उक्त अवसरमा भोला बाबा मन्दिर प्राङ्गणमा मेलासहित नाचगान समेत आयोजना गरिएको स्थानीय जयप्रकाश यादवले जानकारी दिएका छन् ।
प्रथमलाई मेडलसहित नगद तीन हजार एकाउन्न, दोस्रोलाई दुई हजार एकाउन्न र तेस्रो हुनेलाई एक हजार एकाउन्न रुपैया पुरस्कार प्रदान गरिएको छ ।
यसैगरी राजविराज स्थित हरिनन्देश्वर महादेव मन्दिर, महदेवाको अंकुरी महादेव, शम्भुनाथको शम्भुनाथ मन्दिर, बलुवाको भजनेश्वर महादेव, लालापट्टीको लालेश्वरनाथ महादेवलगायतका मन्दिरमा समेत अनन्त चतुर्दशीको अवसरमा कावरियाहरुले जल चढाएका छन् ।

Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: