• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सकरपुरामा निःशुल्क प्रजनन् स्वास्थ्य शिविर

सकरपुरामा निःशुल्क प्रजनन् स्वास्थ्य शिविर

राजविराज, २० भदौं । नेपाल परिवार नियोजन संघ सप्तरी शाखाको आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीको सहयोगमा सप्तरी जिल्लाको सकरपुरा साविक वडा नम्बर ५ मा बाढी पीडितहरुको लागि ३ दिने निःशुल्क प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा तीन दिनमा ५ सय ५६ जना महिला तथा बालबालिकाहरुले सेवा लिएका छन् । डा. सञ्जिव झाको नेतृत्वमा संघका स्वास्थ्यकर्मीहरुले सेवा उपलब्ध गराएका छन् । शिविरमा डा. पुष्पा चौधरीसहित तीन जना महिला विशेषज्ञहरुले सेवा उपलब्ध गराएका छन् । संघका सभापति अजित कुमार मिश्रले उद्घाटन गरेको सोही कार्यक्रममा संस्थाले सरसफाई सम्बन्धि जनचेतना सुत्केरी सम्बन्धि सामग्री समेत वितरण गरिएको संघका शाखा प्रबन्धक कुमार गिरीले जानकारी दिएका छन् ।
भाद्र १९ गतेदेखि २१ गतेसम्म स्वास्थ्य शिविर कोइलाडी माध्यमिक विद्यालयमा सञ्चालन भईरहेको जनाईएको छ ।