उम्मेदवार छनौटको विवादमा फोरम उपाध्यक्ष यादवको घरमा तोडफोड र आगजनीको प्रयास

उम्मेदवार छनौटको विवादमा फोरम उपाध्यक्ष यादवको घरमा तोडफोड र आगजनीको प्रयास
Bwtech New Add With Software & Bull SMS

राजविराज, १९ भदौ । उम्मेदवारको छनौटमा हस्तक्षेप गरेको भन्दै संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश संयोजक रेणुकुमारी यादवको सप्तरीको राजविराज स्थितको घरमा तोडफोड तथा आगजनीको प्रयास गरेका छन् ।

निवासमा आफ्ना समर्थकहरुसँग कुराकानी गरिरहेको अवस्थामा सोमवार विहान ८.३० बजेको समयमा असन्तुष्ट कार्यकर्ताहरुले तोडफोड तथा आगजनीको प्रयास गरेका हुन् । फोरमका असन्तुष्ट कार्यकर्ताहरुले यादवको घर कम्पाउण्डभित्र पसेर कुर्सी तोडफोड गर्दै मूल गेटमा टायर बालेर विरोध जनाएका छन् ।बेल्ही चपेना गाउँपालिकाको प्रमुखमा आफू निकटका चित्ररञ्जन यादवलाई टिकट दिलाउन लागेको आरोपमा असन्तुष्ट कार्यकर्ताहरुले आक्रोश व्यक्त गरेका छन् ।

अप्रिय घटना हुन नदिन पूर्वमन्त्री समेत रहकी यादवको निवास अगाडि सुरक्षाकर्मी परिचालन गरिएको छ ।यता फोरम उपाध्यक्ष यादवले आफ्नो छोरा बोदेवर्साइन नगरपालिकाको मेयरको प्रबल दावेदार रहे पनि पार्टीको हितलाई मध्यनजर गर्दै छोरा अभिशेक यादवलाई टिकट नदिई आतिश कुमार यादवलाई टिकट दिएको बताईन् । टिकट वितरणमा आफ्नो कुनै हस्तक्षेप नरहेको बताउँदै यादवले कसैको व्यक्तिगत घरमा तोडफोड र आगजनीको प्रयास निन्दनीय रहेको प्रतिक्रिया दिएकी छिन् ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *