नेपाली कांग्रेसले सप्तरीमा टुङ्गो लगायो उम्मेदवार, राजविराजको नपाकाे मेयरमा ध्रुव

नेपाली कांग्रेसले सप्तरीमा टुङ्गो लगायो उम्मेदवार, राजविराजको नपाकाे मेयरमा ध्रुव
Sinha Tempo

राजविराज, १८ भदौ । व्यापक छलफल तथा बहस पश्चात नेपाली काँग्रेसले सप्तरीका अधिकांश स्थानीय तहमा मेयर–उपमेयर तथा प्रमुख–उपप्रमुखको आइतवार टुङ्गो लगाएको छ ।

पार्टी श्रोतले दिएको जानकारी अनुसार राजविराज नगरपालिकाको मेयरमा ध्रुवकुमार देव र उप–मेयरमा सुशिलाकुमारी यादवको नाम चयन गरेको छ । हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा सरोज बिराजी, उपमेयरमा राजेश्वरीदेबी यादव, सप्तकोशी नगरपालिकाको मेयरमा कृष्णप्रसाद ढकाल, उप–मेयरमा रिताकुमारी चौधरी, डाँक्नेश्वरी नगरपालिकाको मेयरमा नारायण यादवलाई चयन गरेको छ भने उपमेयरको स्थान हाल खाली रहेको छ ।यस्तै सुरुङ्गा नगरपालिकाको मेयरको टुङ्गो नलागे पनि उप–मेयरमा भने सुष्मा चौधरीको नाम चयन भएको छ ।

बोदेबर्साइन नगरपालिकाको मेयरमा कर्मैत यादव, उपमेयरमा उर्मिलादेवी साह, कञ्चनरुप नगरपालिकाको मेयरको टुङ्गो लागिसकेको छैन तर  उप–मेयरमा निरु पोखरेलको नाम चयन भएको जनाईएको छ । अग्निसाईर कृष्णासवरण गाउँपालिकाको प्रमुखमा परशुराम चौधरी, उप–प्रमुखमा मिना चौधरी, महदेवा गाउँपालिकाको प्रमुखमा गजेन्द्र मण्डल, उप–प्रमुखमा संगिताकुमारी यादव, तिरहुत गाउँपालिकाको प्रमुखमा देवनारायण गोइत, उप–प्रमुखमा गितादेवी यादव, विष्णुपुर गाउँपालिकाको प्रमुखमा निलाम्बर यादव, उप–प्रमुखमा जनजिराकुमारी यादव, बेल्ही चपेना गाउँपालिकाको प्रमुखमा परमानन्द यादव र उपप्रमुखमा पुष्पमालाकुमारी मण्डलको नाम छनौटमा परेको छ ।

यस्तै छिन्नमस्ता गाउँपालिकाको प्रमुखमा कुलानन्द यादव, उप–प्रमुखमा शहिदा खातुन, रुपनी गाउँपालिकाको प्रमुखमा रामनारायण ईसर, उप–प्रमुखमा भोलेश्वरी चौधरी, तिलाठी कोइलाडी गाउँपालिकाको प्रमुखमा अरुणकुमार मण्डल, उप–प्रमुखमा अरहुलदेवी मण्डल, बलान बिहुल गाउँपालिकाको प्रमुखमा जितेन्द्रकुमार यादव तथा उप–प्रमुखमा अनितादेवी साहको नाम चयन भएको छ । यता खड्ग नगरपालिका र शम्भुनाथ नगरपालिकाको मेयर तथा उप–मेयरका उम्मेदवारहरुको नाम छनौट हुन सकेको छैन । योसहित चयन गर्न बाँकी रहेका गाउँपालिका तथा नगरपालिकाको उम्मेदवारहरुको नाम यथाशक्य चाँडो घोषणा गरिने नेपाली कांग्रेसका सचिव भुपेन्द्र नारायण यादवले जनाएको छ ।

यसअघि संघीय समाजवादी फोरम नेपालले समेत केही बाहेक अधिकांश स्थानीय तहकालागि उम्मेदवारको नाम चयन गरिसकेको छ । यस्तै जिल्ला स्थित राष्ट्रिय जनता पार्टी नेपाललगायतका राजनीतिक दलहरुले उम्मेदवारको टुङ्गो लगाउने कसरतमा जुटेका छन् ।  आगामी असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तहको चुनावमा ९ नगरपालिका र ९ गाउँपालिकाबाट मेयर, उप–मेयर, प्रमुख एवम् उप–प्रमुख, वडा अध्यक्ष, सदस्यसहितका पदका प्रतिनीधिहरुको चयन हुनेछ । कुल ३ लाख ३१ हजार ७ सय ७९ मतदाता रहेको सप्तरी जिल्लामा मतदान स्थल २ सय ९५ तथा मतदान केन्द्र ४ सय ६१ कायम गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । निर्वाचन आयोगले भदौ २१ गते उम्मेदवारी दर्ताको तिथि तोकेको छ ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *