• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुको प्रशिक्षण सुरु

राजविराज, १५ भदौ । असोज २ गतेको स्थानीय तह निर्वाचनकालागि सप्तरीमा विहिवारदेखि मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुको प्रशिक्षण सुरु भएको छ ।

सप्तरी सदरमुकाम राजविराज स्थित पब्लिक विन्देश्वरी उच्च माध्यमिक विद्यालयमा आयोजित तालिममा ४ सय ६१ मतदान अधिकृत र सहायक मतदान अधिकृत समेत गरी ९ सय २२ जनाको सहभागिता रहेको छ । प्रशिक्षणमा मतपत्रको सुरक्षा र अभिलेखिकरण, मतदाता परिचय पत्र वितरण, मतपेटिकाको ब्यवस्थापन, निष्पक्ष निर्वाचन सम्पन्न गर्नका लागि अवलम्वन गर्नु पर्ने प्रकृयाका विषयमा प्रशिक्षण दिईएको प्रमुख निर्वाचन अधिकृत शारदा प्रसाद कोइरालाले जानकारी दिएका छन् ।

सप्तरीमा रहेका १८ वटा स्थानीय तहमा २ सय ९५ मतदान स्थल तथा ४ सय ६२ मतदान स्थल कायम गरिएको छ । जिल्लामा १ लाख ७० हजार ८ सय ८८ पुरुष, १ लाख ६० हजार ७ सय ७० महिला र २१ तेश्रो लिङ्गि गरी ३ लाख ३१ हजार ६ सय ७९ मतदाता छन् । निर्वाचनकालागि हरेक मतदात केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र ४ जना कर्मचारी सहित कुल २ हजार ७ सय ७२ कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश कुमार ठाकुरले बताएका छन् ।