• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीमा नेपाल–भारत मैत्री पत्रकार महासंघ गठन

राजविराज, १७ भदौ । सप्तरी सदरमुकाम राजविराजमा शनिबार सम्पन्न एक भेलाले नेपाल भारत मैत्री पत्रकार महासंघ गठन गरेको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा आयोजित पत्रकारहरुको भेलाले धीरेन्द्र प्रसाद साहको अध्यक्षतामा ७ सदस्यीय महासंघ गठन गरेको हो । नव गठित महासंघको उपाध्यक्षमा माला कर्ण, सचिवमा सतीश कुमार दत्त, संगठन सचिवमा संजिव विक्रम साह, कोषाध्यक्षमा शुभचन्द्र झा रहेका छन् ।
समितिको सदस्यहरुमा मनोहर कुमार पोखरेल र विनय लाल कर्ण रहेका छन् । सल्लाहकारमा शिवहरी प्रसाद भट्टराई, मुरली प्रसाद यादव, व्यासशंकर उपाध्याय, अवधेश झा र जितेन्द्र खड्गा रहेका छन् । भेलामा विहार प्रेस मेन्स युनियन आवद्ध इन्डियन फेडरेशन अफ वरकिङ्ग जरनालिष्ट(नई दिल्ली)का अध्यक्ष एस एन श्याम, महासचिव सुधांशु कुमार सतिश, सदस्य पिंकी सिंहलगायतका पत्रकारहरुको उपस्थिति थियो ।