• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सरकारको काम कार्वाहीमा निर्वाचन आयोगले दखल दिईरहेको छः उप–प्रधानमन्त्री गच्छदार

सरकारको काम कार्वाहीमा निर्वाचन आयोगले दखल दिईरहेको छः उप–प्रधानमन्त्री गच्छदार

राजविराज, १७ भदौ । नेपाल सरकारका उप–प्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय कुमार गच्छदारले आगामी मंसिर २१ गतेको चुनावलाई लक्षित गरी लगाईएको आचारसंहिता अव्यहारिक भएको बताएका छन् ।

सप्तरी सदरमुकाम राजविराजमा शनिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचन आयोगले लगाएको आचारसंहिताको विषयमा पुनरविचार गर्नुपर्नेमा जोड दिए । सरकारको कामकार्वाहीमा निर्वाचन आयोगले दखल दिने काम गरिरहेको समेत उनले आरोप लगाए । देशकै इतिहासमा निर्वाचनको करिब तीन महिना अगाडि नै हालसम्म नलगाईएको चर्चा गर्दै नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष समेत रहनुभएका गच्छदारले निर्वाचन आयोगको निर्णयप्रति आक्रोश व्यक्त गरे ।

वर्षा र बाढीका कारण मधेशको अवस्था तहस–नहस रहेको भन्दै वहाँले चुनावलाई मध्यनजर गर्दै नेपाली सेनाले तत्काल आवागमन सहज बनाउने कार्यमा जुटेको बताए । भूकम्प पीडितहरुलाई सरकारले विगतमा दिएको सुविधा जस्तै घरबार विहिन भएका बाढी पीडितहरुलाई सरकारले सुविधासहित विशेष प्याकेज ल्याउन लागेको उप–प्रधानमन्त्री गच्छदारले जानकारी दिए ।पत्रकार सम्मेलनमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देव, सांसद डा. सुबोध कुमार पोखरेल, सांसद रमणी राम समेतको उपस्थिति थियो ।